जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • निर्यात बढाउन भन्सारमा सहजीकरण आवश्यक छः ढकाल

निर्यात बढाउन भन्सारमा सहजीकरण आवश्यक छः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवद्र्धनका लागि सरकारले भन्सारमा सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन्।

भन्सार विभागद्वारा काठमाण्डौमा आइतबार आयोजित भन्सार व्यवस्थापन गोष्ठीमा अध्यक्ष ढकालले कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सार दर फरक–फरक हुने व्यवस्था भए पनि कार्यान्वयनमा नआएको उल्लेख गर्दै विस्तृत अध्ययन गरी यसको समाधान गर्न आग्रहसमेत गरे। विश्वका अन्य मुलुकहरुमा भन्सारमा लाग्ने समय र वस्तु निर्यात गर्दा आवश्यक पर्ने कागजात नेपालको भन्दा निकै सहज रहेको उल्लेख गर्दै उनले यसको पुनरावलोकन गर्न आवश्यक रहेको बताए।

‘विश्वका २३ वटा मुलुकमा निर्यात कागजात तयार गर्दा १ घन्टा, १६ मुलुकमा निर्यातमा भन्सार जाँचपास गर्दा १ घण्टा, १७ अर्थतन्त्रमा निर्यातका लागि कागजात तयार गर्दा शून्य लागत, १६ अर्थतन्त्रमा निर्यातका लागि सीमा क्षेत्र पार गर्दा लाग्ने लागत शून्य छ’, ढकालले भने, ‘हाम्रो छिमेकी राष्ट्र भुटानमा समेत आयात र निर्यातमा समान समय लाग्छ। तर, नेपालमा भन्सारमा ११ घण्टा लाग्ने गरेको छ। यसलाई नघटाई निर्यात प्रवर्द्धन हुन सक्दैन।’

अध्यक्ष ढकालले विश्व बैंकको एउटा प्रतिवेदनले कच्चा पदार्थमा भन्सार महसुल छुट, पुँजीगत सबै वस्तुमा भन्सार छुट वा अर्ध प्रशोधित वस्तुमा भन्सार छुट गर्दा उत्पादन वृद्धि हुने, निर्यात बढ्ने र उल्लेख्य रोजगारी बढ्ने देखाएको बताए। उनले यसको प्रभावकारी कार्यान्वयन गर्न पनि आग्रह गरे।

अध्यक्ष ढकालले वैदेशिक व्यापारमा एकलद्वार प्रणाली लागू गर्न, न्यूनतम पनि ९८ प्रतिशत वस्तुहरुको परीक्षण भन्सार विन्दुमा हुने व्यवस्था गर्न, एक्सरे मेसिनजस्ता न्यूनतम प्रविधिको प्रयोग गरी भन्सार जाँचपास प्रक्रिया सरल बनाउन आवश्यक रहेको बताए।

एक अर्को प्रसंगमा अध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको सुधारका लागि लगानीकर्ता र उपभोक्ता दुवैको कन्फिडेन्स बढाउनुपर्नेमा जोड दिए। ‘अहिलेको अवस्थाभन्दा अर्थतन्त्र बिग्रने अवस्था छैन। तर, पनि अहिले लगानीकर्ता र उपभोक्ताको कन्फिडेन्स बढाउन नसक्दा अर्थतन्त्र सुधार हुन सकिरहेको छैन’, उनले भने, ‘यसलाई तत्काल सुधार गर्न नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले सकारात्मक पहल लिनुपर्ने देखिन्छ।’

820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका