जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बीओकेले ल्यायो चाडपर्व लक्षित २५ प्रतिशतसम्मको नगदफिर्ता योजना

बीओकेले ल्यायो चाडपर्व लक्षित २५ प्रतिशतसम्मको नगदफिर्ता योजना

बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार  गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

यस नगदफिर्ता योजना यहि २०७९ साल कार्तिक १ गते मंगलबारबाट २०७९ साल कार्तिक ६ गते आइतबारसम्म मात्र रहने छ । यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नुहुने ग्राहकहरुले मात्र नगदफिर्ता पाउनेछन् ।

उक्त नगदफिर्ता योजना अन्र्तगत बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले नगदफिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा १५० रुपैयाँ सम्मको नगदफिर्ता पाउनेछन् । यस योजनाबाट समग्र विधुतिय कारोबारमा वृद्धि हुने बैंकले जनाएको छ ।

2190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका