जोडिनुहोस
सोमवार, मंसिर २५, २०८०
सोमवार, मंसिर २५, २०८०

हालको खबर

  • होमपेज
  • एलआईसी नेपालको बीमाशुल्क आर्जनमा सामान्य संकुचन

एलआईसी नेपालको बीमाशुल्क आर्जनमा सामान्य संकुचन

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन १७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४.११ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमाशुल्क आर्जन १८ अर्ब १३ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ६ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो।

चौथो त्रैमाससम्म कम्पनीले पुनर्बीमा कमिसन आय ७१ लाख १७ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आय १ करोड १ लाख रुपैयाँ थियो।

यो अवधिसम्म कम्पनीले ८ अर्ब ९६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १.०७ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ९ अर्ब ६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च घटेर ८० करोड २० लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ८७ करोड रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार १४.७९ प्रतिशतले बढेर १ खर्ब ७ अर्ब रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यस्तो कोषमा ९३ अर्ब ६३ करोड रुपैयाँ थियो। कम्पनीको रिजर्भको आकार १०७.१७ प्रतिशतले बढेर १ अर्ब २७ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म रिजर्भमा ६१ करोड ५५ लाख रुपैयाँ थियो।

चौथो त्रैमाससम्म कम्पनीले १२ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ८ करोड ७४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

समीक्षा अवधिसम्म कुल कायम रहेको बीमालेखको संख्या ६ लाख ९३ हजार ९७२ रहेको छ। अघिल्लो वर्ष यो संख्या ७ लाख ९ हजार ७८० रहेको थियो। आर्थिक सुस्ततासँगै बीमालेखा सरेन्डर गर्नेको संख्या बढेको छ। यसको प्रभाव जीवन बीमा कम्पनीहरुको बीमालेख संख्यामा परेको छ।

चुक्तापुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४.७ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १६४.२५ रुपैयाँ रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?