
सरकारले आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्नुका साथै नेपाल–चीन विद्युत प्रसारण लाइन र विभिन्न प्रशासनिक नियुक्तिलगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपाल र चीन जोड्ने ‘चिलीमे–केरुङ’ विद्युत प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तर पत्र स्वीकृत गरिएको बताए।
यो निर्णयसँगै दुई देशबीचको ऊर्जा कनेक्टिभिटीमा थप प्रगति हुने अपेक्षा गरिएको छ । त्यस्तै, कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । जसअनुसार मोटो धानको मूल्य प्रति क्विन्टल ३,६६० रुपैयाँ र मध्यम धानको मूल्य ३,८६० रुपैयाँ तोकिएको छ ।
त्यस्तै सहकारी क्षेत्रमा देखिएका समस्या र अनियमितता समाधानका लागि गठित ‘सहकारी अनियमितता जाँचबुझ आयोग २०८२’ को प्रतिवेदन पनि सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ । यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरिएको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































