जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एप्पलले ल्याउँदैछ सबैभन्दा सस्तो टाइप सी पोर्टयुक्त आइफोन

एप्पलले ल्याउँदैछ सबैभन्दा सस्तो टाइप सी पोर्टयुक्त आइफोन

आफ्नो बहुप्रतिक्षित आइफोन १५ सिरिज लञ्च गर्ने तयारी गरिरहेको एप्पलले आइफोन १५ पछि सस्तो मूल्यको आइफोन एसई ४ पनि बजारमा ल्याउने तयारी गरिरहेको छ ।

बजेट फोनको रुपमा रहेको नयाँ पुस्ताको आइफोन एसई ४ सबैभन्दा सस्तो टाइप सी पोर्टवाला आइफोन हुनेछ । यसअघि सार्वजनिक समाचारहरु अनुसार समतल किनारा र डिस्प्ले नचका कारण आइफोन एसई ४ को डिजाइन आइफोन १४ जस्तै रहनेछ ।

साथै यसमा पूरानो फिजिकल पावर बटनको साटो फेस आइडी राखिने सम्भावना छ । स्मरण रहोस् हालको आइफोन एस ई थ्री मा फिजिकल पावर बटन छ । यो फिजिकल बटन भएको एप्पलको एकमात्रै आइफोन हो ।

एप्पलले आइफोन १५ सिरिजमा राख्न लागेको टाइप सी पोर्ट आइफोन एसई ४ मा पनि हुनेछ जसले यस मोडेलमा रहेको पूरानो लाइटनिङ पोर्टलाई विस्थापित गर्नेछ ।

फोनको पछाडिको भागमा एउटा मुख्य क्यामरा हुनेछ । आइफोन एसई ४ मा आइफोन १५ सिरिजमा हुने भनिएको एक्सन बटन पनि रहने बताइएको छ । यसले प्रयोगकर्तालाई डिस्प्लेमा शर्टकटहरु थप्न र प्रयोगकर्तालाई सबैभन्दा धेरै प्रयोग हुने एप तथा क्यामरा खोल्न सजिलो पार्नेछ ।

आइफोन एसई ४ मा ए१५ वा ए१६बायोनिक चिप हुने र फाइभ जी सपोर्ट गर्ने बताइएको छ । यसको आधारभूत मोडेलमा १२८ गिगाबाइट स्टोरेज क्षमता हुनेछ ।

यो आइफोन आगामी स्न् २०२४ को पूर्वार्धसम्ममा सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ । यसको मूल्य ठ्याक्कै कति पर्नेछ भन्ने एकिन नभएपनि विगतका सिरिजको मूल्यका आधारमा आइफोन एसई सबैभन्दा सस्तो टाइप सी पोर्टवाला आइफोन हुने चाहीँ पक्का छ ।

स्मरण रहोस् एप्पलले आगामी सेप्टेम्बर १२ मा हुने समारोहमा आफ्नो आइफोन १५ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । त्यसक्रममा एप्पलले एप्पल वाचको नबौँ संस्करण पनि लञ्च गर्नेछ ।

830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?