जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • महालक्ष्मी लाइफको बीमा शुल्क २५ प्रतिशतले बढ्यो, यस्तो छ सबैभन्दा कान्छो जीवन बीमा कम्पनीको सूधार

महालक्ष्मी लाइफको बीमा शुल्क २५ प्रतिशतले बढ्यो, यस्तो छ सबैभन्दा कान्छो जीवन बीमा कम्पनीको सूधार

महालक्ष्मी लाइफको बीमा शुल्क आर्जन २५ प्रतिशत भन्दा धेरैले सुधार भएको छ । सबैभन्दा कान्छो जीवन बीमा कम्पनीको रुपमा रहेको महालक्ष्मी लाइफ बीमा शुल्क आर्जनका हिसावले अर्वपति क्लबमा उक्लिएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ भने कुल बीमा शुल्क आर्जन एक अर्ब १० करोड रुपैयाँ रहेको छ ।

बीमा शुल्क सँग सँगै खुद नाफा पनि १७ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले ९ करोड ४० लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो । मुनाफामा सुधार सँगै जगेडा कोष १२४ प्रतिशतले बढाउन सफल भएको छ । जगेडा कोषमा १८ करोड ५३ लाख रुपैयाँ जम्मा भएको छ ।

जीवन बीमा कोष पनि ६६ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा एक अर्ब ३४ करोड रुपैयाँ जम्मा भएको छ । बढ्दो जीवन बीमा कोष सँग सँगै दिर्घकालिन लगानी तथा कर्जा २५ प्रतिशतले बढेर २ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यसैल अवधिमा बीमितहरुले बीमालेख धितोमा राखेर २१ करोड ३६ लाख रुपैयाँ कर्जा लिएका छन् । कम्पनीको व्यवस्थापन खर्च ३० प्रतिशतले घटेको छ । व्यवस्थापन खर्च तीन करोड २ लाख रुपैयाँ मात्रै छ ।

विभिन्न क्षेत्रमा गरिएको कर्जा तथा लगानीबाट मात्रै कम्पनीले ११ करोड रुपैयाँ आर्जन गरेको छ । यसै अवधिमा खुद दाबी भुक्तानी भने ह्वात्तै बढेको छ । कम्पनीले बीमितलाई १८ करोड एक लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । अभिकर्ताहरुको कमिसन ९० प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अभिकर्ताहरुले कमिसनबापत २१ करोड ३० लाख रुपैयाँ बुझेका छन् ।

5265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?