जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • नेपालमा सार्वजनिक भयो चेरीको ‘टिग्गो फोर प्रो’, सुरुवाती मूल्य ४६ लाख २० हजार रुपैयाँ

नेपालमा सार्वजनिक भयो चेरीको ‘टिग्गो फोर प्रो’, सुरुवाती मूल्य ४६ लाख २० हजार रुपैयाँ

नेपालका लागि चेरी गाडीको आधिकारीक विक्रेता एसपिजी अटोमोवाइल्सले एसयुभी सेगमेन्टको टिग्गो फोर प्रो सार्वजनिक गरेको छ। कम्पनीले यो एसयुभीको सुरुवाती बजार मूल्य ४६ लाख २० हजार रुपैयाँ निर्धारण गरेको छ।  

यो एसयुभी १.५ लि.(लिटर) नेच्यूरल्लीएस्पिरेटेड म्यानुअल ट्रान्समिसन, १.५ लि. नेच्यूरल्ली एस्पिरेटेड सिभिटि र १.५ लि. टर्बो चार्जड ९ स्पीड गिएर बक्स सिभिटि इन्जिन गरी तीनवटा भेरियन्ट मा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नेच्यूरल्ली एस्पिरेटेड इन्जिनमा अधिकतम पावर ८५ किलो वाट (११५ पि.एस.) र १३८ एन.एम. को अधिकतम टर्क उत्पादन क्षमता रहेको छ। यसैगरी १.५ लि. टर्बो चार्जड सि.भि.टि इन्जिनमा अधिकतम पावर ११५ किलो वाट (१४७पि.एस.) र अधिकतम पावर २१० एन. एम. रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो गाडीमा प्रति लिटर इन्धनले १४ किलोमिटर दुरी पार गर्न सक्छ। यो गाडीको लम्बाई ४३१८एमएम, २६१० एमएम व्हिलबेस, १८३० एमएम चौढाइ र उचाई १६७० एमएम रहेको कम्पनीले जनाएको छ।

ग्राउण्ड क्लियरेन्स दुई सय एमएम भएको यो गाडीमा तीन ४० लिटरको बुटस्पेश क्षमता रहेको कम्पनीले जनाएको छ। सनरुफ जडान गरिएको गाडीमा चालक बस्ने सिटमा छ वटा इलेक्ट्रीक एडजस्टमेन्ट फङ्सन जडान गरिएको जनाइएको छ।

नयाँ फ्रण्ट फेस र आकर्षक मस्कुलर प्रोफाइल डिजाइन समावेश गरिएको गाडीमा पाँचवटा स्पोक मिरर डिजाइनको १७ इन्च स्पोर्टि व्हील समावेश गरिएको छ । गाडीमा डायमण्ड इन्टेक ग्रिल, क्रिस्टल डायमण्ड लेन्स एलईडि हेडलाइट, जी – टाइप डि.आर.एल. र साइड स्कर्टले स्पोर्टि लुक्स् दिने कम्पनीले जनाएको छ।

सरल र आकर्षक इन्टेरियर रहेको गाडीमा डि– टाईप ३ स्पोक मल्टिफंक्सनल स्टेरिङ्ग व्हील, सात इन्चको एल.सि.डि मिटर, एप्पल कार प्ले र एन्ड्रोड अटो सहितको १०.२५ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रीन, रियर आर्मरेस्ट र सेकेण्ड रो एसिभेण्ट लगायत सुविधा जडान गरिएको छ।

पुश स्टार्ट बटन र पि.इ.पि.एस. रिमोट स्टार्ट प्रणाली समावेश गरिएको एसयूभिमा चारक तथा यात्रु सुरक्षालाई मध्यनजर गर्दै छ रिङ्ग एयरव्याग, ए.वि.एस. ई.वि.डि, इलेक्ट्रोनिक स्टेविलिटी प्रोग्राम, टि.सि.एस सिस्टम, इमर्जेन्सी ब्रेक असिस्ट, रोल स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट (कन्ट्रोल), डाइरेक्ट टाएर प्रेसर मोनिटरिङ्ग प्रणाली समावेश गरिएको छ।

बच्चाहरुको सुरक्षाकालागि चारवटै झ्याल र ढोकाहरुमा एन्टी पिन्चलकहरु राखिएको कम्पनीले जनाएको छ।

यो गाडी आइ सि एक्स ब्लू, जेवेल रेड, नास्ड्याक सिल्भर, न्यू खाकी रेड, सेलाडोन ऐस, कार्बन क्रिश्टल ब्ल्याक लगायत रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यस्तो छ गाडीको मोडल अनुसार नेपाली बजार मूल्य

क्र.संमोडलनेपाली रुपैयाँ
टिग्गो फोर प्रो १.५ लि४६,२०,०००/-
टिग्गो फोर प्रो १.५ लि सिभीटी५२,५०,००० /-
टिग्गो फोर प्रो १.५ लि टर्बो सिभीटी५८,४०,०००/-

चीनको चेरी अटोमोबाइल कम्पनी लिमिटेडको स्थापना १९९७ मा भएको थियो। विगत २० वर्षमा चेरीले पाँचवटा विश्वव्यापी अनुसन्धान र विकास आधारहरु मार्फत पाँच हजार पाँच सय भन्दा बढी ब्यक्तिको अनुसन्धान र विकास टोली स्थापना गरिसकेको छ।

4945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?