जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनबी बैंकलाई गाभेर नबिल बैंकको एकिकृत कारोबार २७ गतेबाट, चुक्ता पुँजी साढे २८ अर्ब नाघ्ने

एनबी बैंकलाई गाभेर नबिल बैंकको एकिकृत कारोबार २७ गतेबाट, चुक्ता पुँजी साढे २८ अर्ब नाघ्ने

नबिल बैंक र नेपाल बंगालदेश बैंकको एकिकृत कारोबार असार २७ गतेबाट हुने भएको छ। मर्जरपछि एकिकृत कारोबार बैशाख २७ गतेबाट हुने छ।

दुई बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकिकृत कारोबार गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै एकिकृत कारोबार हुन लागेको हो।

नबिलले एनबी बैंकलाई प्रति सेयर ४३ रुपैयाँका दरले गाभेको हो। यस हिसाबले नेपाल बंगलादेश बैंकबाट नबिललाई चुक्ता पुँजीमा ४ अर्ब २३ करोड रुपैयाँ थपिने छ। यसो हुँदा एकिकृत कारोबार गर्ने नबिलको चुक्ता पुँजी २८ अर्ब ५८ करोड रुपैयाँ हुने छ।

हाल नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रहेको छ भने नेपाल बंगलादेशको चुक्ता पुँजी १० अर्ब ८ करोड रहेको छ।

दुई बैंकको असार ७ गते सम्पन्न विशेष साधारण सभाबाट एक आपसमा गाभ्ने तथा गाभिने प्रस्ताव पारित भएको हो ।

2230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?