जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आइएमई २०७९ मा २०७९ अफर सार्वजनिक, ६० बिजेताले प्रतिव्यक्ति २०७९ रुपैयाँ जित्ने

आइएमई २०७९ मा २०७९ अफर सार्वजनिक, ६० बिजेताले प्रतिव्यक्ति २०७९ रुपैयाँ जित्ने

नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ। योजना वैशाख १ देखि वैशाख ३१ सम्म ३१ दिनका लागि कायम रहने कम्पनीले जनाएको छ।

‘पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका खेल्दै आएको अनुभव रहेकाले यस्ता योजनाहरू विगतमा जस्तै आम सेवाग्राहीहरूको उल्लेख्य सहभागिता हुने विश्वास छ,’ आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले भने।

‘आइएमई २०७९ मा २०७९’ योजना अन्तर्गत विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट, सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा बैंक ट्रान्सफर गर्दा वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता बन्ने कम्पनीले जनाएको छ।

योजना अवधिभर जम्मा ६० जना बिजेताहरुले प्रतिव्यक्ति २०७९ रुपैयाँ र बम्परमा एक भाग्यशाली बिजेतालाई २ लाख सात हजार नौ सय रुपैयाँ प्रदान गरिने बताइएको छ। योजनामा सहभागी हुने सेवाग्राहीहरुमध्ये कुल ६१ जना विजेताहरु लाभान्वित हुने बताइएको छ। बिजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिने बताइएको छ।

3825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका