जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • सेञ्चुरी कमर्शियल बैंकका तत्कालीन डिपुटी सीइओ भट्टराईका यस्ता छन्ः दर्जनौ घोटला काण्ड

सेञ्चुरी कमर्शियल बैंकका तत्कालीन डिपुटी सीइओ भट्टराईका यस्ता छन्ः दर्जनौ घोटला काण्ड

सुन्दा पनि अचम्म लाग्ने हेर्दा त कथा जस्तै लाग्ने काम एउटा बैंकरले यसरी गर्लान भन्ने कुरा झट हेर्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो । विगत ८/९ वर्षदेखि सेञ्चुरी कमर्शियल बैंकमा कहिले कामु सीइओ त कहिले डिपुटी सीइओ बनेका अर्बपति बैंकर जीवन भट्टराईले जनताको पैसामा लुट मच्चाएको हामीले पाठक सामु पस्किएका छौं । घोटलाका फरिन्दा लामो छ :– तर, घोटला भने पत्याउनै गाह्रो जस्तो छ । यी र यस्ता सबै भित्री कथा सत्य हुन् ।

विगत १ वर्ष अगाडी सेञ्चुरी कमर्शियल बैंकबाट राजीनामा दिएर वाहिरिएका भट्टराई अहिले यूनाइटेड इन्स्योरेन्स (नेपाल) लिमिटेडको सीइओ बन्न लागि परेको फेला परेको छ । गत श्रावणकै पछिल्लो हप्ता यूनाइटेड इन्स्यारेन्स (नेपाल) लिमिटेडको सञ्चालक समितिले भट्टराईलाई सीइओ नियुक्त गरि बीमा समिति पठाए पनि बीमा समितिले स्वीकृत भने दिएको छैन ।

नेपाल राष्ट्र बैंक र सम्बन्धित सेञ्चुरी कमर्शियल बैंकसंग भट्टराईका बारेमा बीमा समितिले मौखिक यथार्थ के हो भन्ने बारे अध्ययन गरिरहेको खुलेको छ । राष्ट्र बैंकमा बैंकर भट्टराईका उजुरी बारे छानवीन भएको र सञ्चार माध्याममा केही कुरा आएपछि बीमा समितिले उनीको फाइल सुश्म रुपमा अध्ययन गरिरहेको बीमा समिति उच्च स्रोतको दाबी छ । विगत लामो समय सेञ्चुरी कमर्सियल बैंकमा एक छत्र राज मच्चाएर बैंकर जीवन भट्टराई यूनाईटेड इस्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको सीइओ बन्दै छन् भन्दा अचम्म लाग्ला तर, यो पनि सत्य हो ।
सिजी ग्रुपमा विगत १ वर्षदेखि लेखापालको काम गर्दै आएका बैंकर जीवन भट्टराईलाई खर्बपति उद्योगपति विनोद चौधरीले नबिल बैंकको डिपुटी सीइओ बनाउन जोड गरेपछि राष्ट्र बैंकले सहमती नदिएपछि भट्टराईलाई यूनाईटेड इन्स्योरेन्सको सीइओ बनाउन लागि परेको समाचार स्रोतको दाबी छ ।

बैंकर भट्टराई सेञ्चुरी कमर्सियल बैंकमा का.मु. सीइओ पटक/पटक भए त्यस बेला उनीले जनताको पैसामा यति लुट मच्चाए की पत्याउदै गाह्रो छ । बैंकर भट्टराई बिरुद्ध अहिले सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले छानविन गरिरहेको छ भने राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानवीन समेत भईरहेको खुलेको छ ।

विगत ८/९ वर्ष सेञ्चुरी कमर्सियल बैंकमा उच्च पदमा रहि काम गरेका भट्टराईले गार्ड सप्लाई देखि अर्बै कर्जा प्रवाहमा घोटला गरि बैंक नै तहसनहस बनाए भन्दा पत्याउन गाह्रो होला तर, यो पनि सत्य हो । यति सम्मकी सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन डिपुटी सीइओ रहेका जीवन भट्टराईको तलब ६ लाख ५० हजार थियो भने भत्ता करिब ७ लाख थियो । यसैबाट प्रस्ट हुन्छ । उनीले के चाहि गर्न बाकी राखे भनेर ।

उनीले मासिक १३ लाख बुझेका थिए । जब बैंकमा अनुभवी र दक्ष बैंकर तुलसीराम गौतमलाई सीइओ बनाएर २ वर्ष अगाडी सेञ्चुरी कमर्सियल बैंकमा भित्र्याइयो । त्यसपछि भट्टराईका एक/एक काण्ड बैंक भित्र छताछुल्ल भए । सीइओ तुलसी राम गौतम मासिक ८ लाख ४० हजार तलबमा बैंकमा आए । तर, डिपुटी सीइओ जीवन भट्टराईले १३ लाख तलब र भत्ता बुझेपछि गौतम तीन छक्क परेन सीइओ गौतमले भट्टराईसंग तत्कालै राजीनामा मागे । तर, भट्टराईले राजीनामा नदिएपछि जीवनसंग भएका अधिकार सीइओ गौतमले लिए र भट्टराईका बदमासी राष्ट्र बैंक पठाउने चेतावती दिए । यसैबीच डिपुटी सीइओ भट्टराईले राजीनामा दिए र हिँडे । यो कथा होइन सत्य हो ।

जब उनीले राजीनामा दिए । त्यसपछि उनीको अकुत सम्पत्ती खोज्दै सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले छानवीन शुरु गर्यो र राष्ट्र बैंकले टोली नै पठाएर सेञ्चुरी बैंकमा स्थलगत निरिक्षण गर्यो र जीवनलाई बैंकमा जागिर खान नपाउने शर्तमा माफी राष्ट्र बैंकले दिएको राष्ट्र बैंक स्रोतको दाबी छ । त्यसपछि जीवन भट्टराई अर्बपति बिनोद चौधरीले लगानी गरेको सिजी गु्रपमा गएर काम गरिरहेका छन् ।
केही महिन अगाडी उनीलाई यूनाईटेड इन्स्योरेन्सको सञ्चालक समिति सदस्य राखिएको थियो ।

जनताको डिपोजिट घुमाउरो पाराबाट अर्बै कुम्ल्याएर अर्बपति बनेका तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका डिपुटी सीइओ भट्टराईलाई बीमा समितिले सीइओ बन्न अनुमति दिन्छ की दिदैन । त्यो हेर्न चाहि बाँकी छ ।
सेञ्चुरी कमर्शियल बैंक भित्र तत्कालीन डिपुटी सीइओ जीवन भट्टराई काण्डले थलिएको सेञ्चुरी कमर्शियल बैंकले टाउँको उठाउन धौ धौ परेको छ, भन्दा फरक पर्दैन । विगत ८÷९ वर्ष सेञ्चुरी कमर्शियल बैंकमा एकछत्र राज मच्चाएका अर्बपति बैंकर जीवन भट्टराईले के के गरे बुदागत रुपमौ हेरौ ।

घटना नम्बर १ शेयर घोटला काण्ड
सेञ्चुरी कमर्शियल बैंकले साधारण शेयर जारी गरेका बेला तत्कालीन का.ब. सीइओ जीवन भट्टराईले बैंकका उच्च कर्मचारी र बैंकका सञ्चालक लक्ष्मण श्रेष्ठलाई कानुन विपरित २५ हजार भन्दा बढि कित्ता नविकेको शेयर दिएको भेटिएको छ । यसबारे राष्ट्र बैंकमा अझै छानवीन भईरहेको देखिन्छ । अधिकाश कर्मचारीले छानवीन हुने भएपछि शेयर बिक्री गरेको स्रोतको दाबी छ ।

घटना नम्बर २ सञ्चालकलाई विदेशी भ्रमण र गाडी काण्ड
सेञ्चुरी कमर्शिलय बैंकमा एकछत्र राज मच्चाएका तत्कालीन का.मु. सीइओ भट्टराईले बैंक सञ्चालकहरुलाई विदेश भ्रमण पठाएर खुशी बनाएर ४० लाख भन्दा बढिको गाडी खरिद गर्न नपाउने नियमलाई चुनौती दिँदै ८७ लाखको निशान गाडी अटोलोनमा झिकी घोटला गरेको खुलेको छ ।

घटना नम्बर ३ शाखा खुल्न घोटला काण्ड
दर्जनौ जिल्लामा आफ्न्ताका घर भाडामा लिई महंगो भाडा तिरी बैंक शाखा सञ्चालन गरेको देखिन्छ । जस्तै ओखलढुंगा, झापा लगायतका शाखा त आफैले जग्गा खरिद गरि घर बनाई बैंक सञ्चालन गरेको देखिन्छ । यत्ति मात्रै होइन नुवाकोटको बेलकोट नयाँ शाखा सञ्चालन गर्न अग्रीम ४० लाख खर्च भएको देखाई शाखा नै तयारी नभएपछि अहिलेका सीइओ तुलसी राम गौतमले छड्के निरीक्षण गरि पैसा रोक्का गरेका थिए ।
यस्तै रामेछापमा एउटा घरभाडामा लिई शाखा सञ्चालन गरेको र घरबेटीलाई नै गार्डमा राखी जागिर दिएको भेटिएका छ । नयाँ बानेश्वर शाखा खोल्न राष्ट्र बैंकले स्वीकृती नदिइकन १ वर्ष अगाडी भाडामा घर लिई १ वर्षको भाडा रकम आधा भट्टराईले लिएको स्रोतको दाबी छ । यस्तै विराटनगर र बेलबारी बीचबाटोमा एकान्त ठाउँमा एउटा मात्रै घर भएको ठाउँमा शाखा खोली तत्कालीन डिपुटी सीइओ जीवन भट्टराईले जग्गा खरिद गरि महंगोमा बेचेको देखिन्छ ।

घोटला नम्बर ४ रेमिटेन्स काण्ड
तत्कालीन डिपुटी सीइओ जीवन भट्टराईले अरब मुलुक र भारतबाट करिब ७ लाख डलर रेमिटेन्स बैंकमा नआई भुक्तानी गरी बैंकलाई घाटा पु¥याएको देखिेन्छ । विदेशबाट पैसा नआई भुक्तानी दिएको राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदनमै उल्लेख छ ।

घटना नम्बर ५ एटिएम खरिद र यूरोप भ्रमण
तत्कालीन डिपुटी सीइओ जीवन भट्टराईले महंगोमा एटिएम मेसिन खरिद गरिएको देखिएको छ । उनी मेसिन खरिद गर्ने नाममा यूरोप र लण्डन पुगी बैंकबाट टेनिङ्गमा गएको भनी दिनको ४०० डलर भत्ता बुझेको खुलेको छ । गर्भनर साब कारबाही होस् ।

घटना नम्बर ६ भट्टराईको ग्रीन कार्ड क्यानडाको ?
जीवन भट्टराईको परिवारकै ग्रीन कार्ड क्यानडाको रहेको खुलेको छ । उनी ६÷६ महिनामा टेनिङ्गको नाममा ग्रीन कार्ड बचाउन क्यानडा पुग्ने र बैंकबाट दिनको ४०० डलर भत्ता बुझ्ने गरेको समेत राष्ट्र बैंकको छानवीन प्रतिवेदनमै उल्लेख छ ।

घटना नम्बर ७ जताततै घर जग्गा ?
करिब ८/९ वर्ष सेञ्चुरी कमर्शियल बैंकमा बसी नेपाली जनताको पैसामा रजाई मच्चाएका अर्बपति बैंकर भट्टराईले भैसीपाटीमा ८ करोडको घर बिक्री गरेका छन् । उनीको अर्ब सम्पत्ती अहिले सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा छानवीनको घेराउमा रहेको खुलेको छ ।

घटना नम्बर ८ सीइओको भन्दा डिपुटी सीइओ भट्टराईको तलब बढी ?
जब अनुभवी एवं दक्ष बैंकर तुलसी राम गौतम ८ लाख ५० हजारमा सेञ्चुरी कमर्शियल बैंकको सीइओ बनेर आए उनी तीन छक्क परे डिपुटी सीइओको तलब भत्ता १३ लाख भन्दा बढि देखेर जनताको पैसामा यसरी लुट मच्चाएका भट्टराई अहिले युनाइटेड इन्स्योरेन्स (नेपाल) लिमिटेडको सीइओ बन्ने भएपछि उनीको बारेमा सर्वत्र चासो र चर्चा चुलिएको छ ।

घटना नं. ९ बैंकको यूनिफर्म खरिदमा घोटला ?
तत्कालीन सेञ्चुरी कमर्शियल बैंकका डिपुटी सीइओ जीवन भट्टराईले एक पार्टीसंग बैंकको यूनिफर्म खरिद गर्न दिने शर्तमा अग्रीम १० लाख कमिशन लिए, पछि नयाँ सीइओ तुलसी राम गौतम आएपछि सो पार्टीले काम पाएनन् । त्यसपछि डिपुटी सीइओ जीवन भट्टराईले कमिशन बापत लिएको १० लाख फिर्ता पनि गरेनन् । अहिले सो को उजुरी पीडितले राष्ट्र बैंकमा हालेको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।
तत्कालीन डिपुटी सीइओ जीवन भट्टराईका यी दर्जनौ घोटला काण्ड फेला परेपछि सेञ्चुरी कमर्शिलय बैंकका दक्ष र अनुभवी सीइओ तुलसी राम गौतमले तत्कालै राजीनामा दिन आग्रह गरेपछि डिपुटी सीइओ जीवन भट्टराईले राजीनामा दिएर हिँडेको खुलेको छ । सचेत भया । राजतिलक साप्ताहिक (वर्ष ८ अंक ४ बाट लिइएको सामाग्री)

11200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?