जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सिद्धार्थ प्रिमियरले शुरु गर्‍यो डिजिटल बीमा

सिद्धार्थ प्रिमियरले शुरु गर्‍यो डिजिटल बीमा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतीय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छ्यौट गर्न SPIL-DIGI प्रणाली प्रचलनमा ल्याएको छ । सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यले कम्पनीले शुक्रबारदेखि डिजिटल बीमा शुभारम्भ गरेको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठद्वारा संयुक्त रूपमा एक समारोहका बिच यो प्रणालीको शुभारम्भ गरेका हुन् । नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको SPIL-DIGI को प्रयोगले बीमितहरुले सहज रूपमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन् । निश्चित रकमसम्मको बीमा दाबी फर्छ्यौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतीय माध्यमबाट प्रभावकारी बीमा सेवा प्रदान गर्न क्रियाशील रहेको बताए । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले क्रमिक रूपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने हाम्रो लक्ष्य अनुरूप यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी बनाउने तर्फ थप क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

यो डिजिटल प्रणाली भएको हुँदा अनलाइन भुक्तानी मार्फत कम्पनीमा बिमा शुल्क भुक्तानी गरी भौतिक रूपमा उपस्थिति विना बीमालेख खरिद गर्न सकिनेछ । बीमितले निश्चित रकमसम्मको बीमा दाबी फर्छ्यौट गरी भुक्तानी लिन र बीमा दाबीको अवस्थाको बारेमा जानकारी समेत लिन सक्नेछन् । यसबाट समय र लागत घट्न जाने र झन्झट रहित तरिकाबाट बीमा सेवा लिन एवम् प्रदान गर्न सहयोग पुग्न कम्पनीले जनाएको छ ।

1520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?