जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बैंकले मापदण्ड बनाएर उत्पादनमुलक उद्योगलाई ३ करोडसम्म कर्जा दिन सक्ने

बैंकले मापदण्ड बनाएर उत्पादनमुलक उद्योगलाई ३ करोडसम्म कर्जा दिन सक्ने

। बैंक तथा वित्तीय संस्थाले उत्पादनमुलक उद्योगलाई आफैंले मापदण्ड बनाएर ३ करोडसम्म कर्जा दिन सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले सोमबार चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक उद्योगको हकमा ३ करोडसम्म चालु पुँजी कर्जाको सीमा निर्धारण गर्न सक्नेछन् । यसअघि यो व्यवस्थामा १ करोड मात्रै रहेको थियो ।

समग्र बैंकिङ्ग प्रणालीबाट १ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा ३ करोडसम्म) चालु पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

यस्ता ऋणीलाई प्रवाह हुने चालु पुँजी कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालु पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्नेछन् । चालु पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शन बमोजिम हुनुपर्ने उल्लेख छ ।

 

1430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका