जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • कुमारी बैंकका ग्राहकलाई नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकमा विशेष छुट

 कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौंस्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यससम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ वानेश्वर–काठमाडौं र कौशलटार–भक्तपुरस्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

3170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका