जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सेन्ट्रल फाईनान्स बर्दघाटद्वारा खेलकुद र स्टेशनरी सामग्री वितरण

सेन्ट्रल फाईनान्स बर्दघाटद्वारा खेलकुद र स्टेशनरी सामग्री वितरण

सेन्ट्रल फाईनान्स बर्दघाट शाखाले सोमबार वित्तीय साक्षरता कार्यक्रमका साथै विद्यार्थीहरुलाई खेलकुद र स्टेशनरीका सामग्री तथा डष्ट विन वितरण गरेको छ । नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १६ स्थित अनवरुल ओलुम मदरसामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा मदरसाको लागि संस्थाले उपलब्ध गराएको सामग्रीहरुलाई बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले मदरसाका अध्यक्ष सुकुर अलि मिया र प्रधानाध्यापक अख्तर अलि मियालाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा मेयर श्रेष्ठले पिछडिएको वर्गको उत्थान र विकासको लागि संस्थाले गरेको सहयोग र साक्षरता कार्यक्रम सराहनीय रहेको बताए ।

कार्यक्रममा शाखाका शाखा प्रमुख भिमकान्त अधिकारीले संस्थाले विभिन्न सेवाहरु प्रदान गर्दै सेवाग्राहीहरुको आर्थिक उन्नतिका साथै देश विकासमा पु¥याउँदै आएको योगदानको बारेमा प्रकाश पारे ।

कार्यक्रममा वडा नं. १६ का वडाध्यक्ष भिमकाजी गुरुङ्ग, पूर्व वडाध्यक्ष सुकबहादुर गुरुङ्ग, मुस्लिम समाज, बर्दघाटका अध्यक्ष करिम दिन सेख, मदरसाका विद्यार्थीहरु, अविभावकहरु तथा वित्तीय संस्थाका कर्मचारीहरु सहभागी थिए ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको यस संस्थाको कुपण्डोलस्थित केन्द्रीय कार्यालयसहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक (१) एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।

1570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका