

समृद्धि फाइनान्सले भदौ २६ गते संस्थागत सामाजिक उक्तरदायित्व अन्र्तगत पोखरा शाखाबाट कुर्सि तथा डस्बिन वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त सामानहरु प्रगतिशिल नारी समुह, पोखरा–८ लाई वितरण गरिएको हो । समृद्धि फाइनान्सले भदौ महिनाको सामाजिक उत्तरदात्वि अन्तर्गत नारी विशेष कार्यक्रम गर्ने तालिका बनाएको र सोहि कार्यक्रम अन्तर्गत पोखरा शाखाद्धारा प्रगतिशिल नारी समुहलाई बाह्र वटा डल्फिन कुर्सि र डस्बिन उपलब्ध गराइएको हो । उक्त कार्यक्रममा समुहका सदस्यहरु, समाजसेवि तथा टोलबासीहरुको सहभागिता रहेको थियो ।
साथै समृद्धि फाइनान्सले भदौ महिनामा महिला विशेष अभियानहरु चलाई रहेको छ । सम्पूर्ण महिलाहरुले भदौ महिनामा यस फाइनान्समा समृद्धि गृह लक्ष्मी बचत खाता खोलि उच्च ब्जादरको प्रतिफलका साथै निःशुल्क डिजिटल बैङ्किगको फाइदा लिन सक्नेछन् ।