जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ५६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक

५६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको चरम अभाव भएको बेला नेपाल राष्ट्र बैंकले ५६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । नेपाल राष्ट्र बैंक उत्पादन तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा राख्नका लागि बैंकहरुलाई प्रस्ताव आह्वान गरेको छ ।

कुल ५६ करोड मध्ये ४४ करोड ८० लाख रुपैयाँ निक्षेप वाणिज्य बैंकहरुमा राख्ने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै ८ करोड ४० लाख रुपैयाँ विकास बैंक र २ करोड ८० लाख रुपैयाँ वित्त कम्पनीमा राख्ने केन्द्रीय बैंकले जनाएको छ । उक्त निक्षेप लिन चाहाने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको फारममा लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर पेश गर्न भनेको छ ।

कुल ३६७ दिनका लागि उक्त रकम मुद्दती निक्षेपमा राखिने केन्द्रीय बैंकले जनाएको छ । २७ असोज बिहान १० बजेदेखि राति १२ बजेसम्म निक्षेपका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ।

न्यूनतम पूँजीकोष कामय गरेका, निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको, सञ्चालनमा आएको दुई वर्ष नाघेको संस्थाले निक्षेपका लागि आवेदन दिने सक्नेछन् । निक्षेपमा आवेदन दिनका लागि सञ्चालन मुनाफामा भएको, सीडी रेसिया राष्ट्र बैंकले तोकेअनुसार कायम गरेको हुनुपर्नेछ ।

1660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?