जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • एनएमबि बैंकद्धारा नागार्जूनमा वृक्षारोपण, वातावरण सरंक्षणमा जोड

एनएमबि बैंकद्धारा नागार्जूनमा वृक्षारोपण, वातावरण सरंक्षणमा जोड

एनएमबि बैंकले मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हँुदै एनएमबि ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफल स्वरुप वातावरण दिवसको अवसर पारेर श्यामेश्वर गणेशमान स्मृती सामुदायीक बन, नागार्जूनमा विभिन्न प्रकारका फलफुलका विरुवा रोपेको छ । उक्त सामुदायीक वनमा एनएमबिमा ग्रिन फिक्सड डिपोजिट भएका ग्राहकहरुको नाममा विभिन्न प्रजातीका १२५ विरुवा रोपिएको हो ।

उक्त कार्यक्रममा सामुदायीक बनका अध्यक्ष अर्जुन राज पुरी, सहायक वन अधिकृत श्रीमती सरस्वती अर्याल, बैंकका कर्मचारीहरु लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । वातावरणीय संरक्षण प्रवद्र्घनको साथै वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने प्रयास स्वरुप राष्ट्रव्यापी रुपमा वृक्षारोपण गरिएको जानकारी गराइएको छ । 

यस योजना मार्फत ग्राहकवर्गलाई बैंकले उचित प्रतिफल प्रदान गर्ने मात्र नभई वातावरण संरक्षण र आर्थिक लाभ एकैसाथ प्राप्त गर्न सकिन्छ भन्ने सन्देशमुलक जानकारी दिइएको सम्बन्धमा बैंकले विज्ञप्तिमा जारी गरेको छ । 

2375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका