जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • नाडा अटो शोमा सवारी बिमा स्टल एउटा मात्रै

नाडा अटो शोमा सवारी बिमा स्टल एउटा मात्रै

काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा विभिन्न बैंकले गाडी खरिदकर्तालाई बेस रेटभन्दा कममा ऋण दिने प्याकेजसहित स्टल राखेका छन्। गाडीका लागि बिमा अत्यावश्यक मानिन्छ।

तर नाडा अटो शोमा एउटा मात्र बिमा कम्पनीको स्टल छ। शिखर इन्स्योरेन्सले मात्र स्टल राखेको हो। इन्स्योरेन्सले दुई खालका बिमा गराइरहेको छ। गाडीको तेस्रो पक्ष इन्स्योरेन्स र पूर्ण इन्स्योरेन्स गराइरहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कार, जीप, मोटरसाइकल र स्कुटरका लागि बिमा उपलब्ध छ। सामान्यतया मोटरसाइकल तथा स्कुटर किन्दा पूर्ण बिमाबापत ४ हजार देखि ७ हजार रुपैयाँसम्म वार्षिक प्रिमियम तिर्नुपर्छ। प्रिमियम बाइकको मूल्य अनुसार फरक छ। सवारी साधन दुर्घटना वा चोरी भएमा पूरा मूल्य नै बिमाबापत पाइन्छ।

यस्तै मोटरसाइकलको तेस्रो पक्ष बिमाअन्तर्गत वार्षिक १ हजार ७०६ रुपैयाँ प्रिमियम लाग्छ। तेस्रो पक्ष तथा दायित्व मोटर बिमाले सवारीसाधनले अन्य सवारी र पैदल यात्रीमा क्षति पुर्‍याएको अवस्थामा आइपर्ने आर्थिक जोखिम बेहोर्छ।

यस्तै चारपाङ्ग्रे सवारीसाधनको पनि तेस्रो पक्ष र पूर्ण इन्स्योरेन्स छ। कारको तेस्रो पक्ष दायित्व मोटर बिमा गर्न ८ हजार ४९७ रुपैयाँ प्रिमियम तिर्नुपर्छ। पूर्ण बिमा गर्न भने वार्षिक २० हजार देखि ८० हजार रुपैयाँसम्म प्रिमियम बुझाउनुु पर्छ। प्रिमियम गाडीको मूल्य अनुसार फरक फरक हुने कम्पनीले जनाएको छ।

3465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका