जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • अपांगता संरक्षण नेपालका सदस्यलाई प्रभु क्यापिटलको सेयर तालिम

अपांगता संरक्षण नेपालका सदस्यलाई प्रभु क्यापिटलको सेयर तालिम

प्रभु क्यापिटल लिमिटेडले बहिरा अपांगता भएका व्यक्तिहरुका लागि राष्ट्रिय सहकारी तथा व्यवस्थापन प्रशिक्षण केन्द्रको सहकार्यमा सेयर बजार सचेतना एवं वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

अपांगता संरक्षण नेपालमा आबद्ध सदस्यहरुमध्ये २० भन्दा बढीको सहभागिता भएको कार्यक्रम मुख्यतया पुँजीबजारमा सुरुआती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो।

तालिम सञ्चालन प्रभु क्यापिटलको मार्केटिङ एसोसिएट विनय अधिकारीले गरेका थिए। तालिममा पुँजीबजारमा सुरुआती प्रवेश के–कसरी गर्ने, मेरो सेयर के–कसरी चलाउने, सेयरबजारसम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तर्क्रिया गरिएको थियो।

शारीरिक तथा मानसिक कमी–कमजोरी भई अपांगता भएका ‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गर्नका लागि प्रभु क्यापिटलमार्फत डिम्याट तथा मेरो सेयर खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा आजीवन सो सुविधा निःशुल्क पाउने व्यवस्था रहेको अधिकारीले जानकारी दिए।

प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजीबजारसँग सम्बन्धित तालिम, विविध कार्यशाला तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

3375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका