जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • टीभीएस एनटर्क ५० हजार बिक्रीको सेलिब्रेसन राइड हुँदै, फेसबुकबाट राइडिङमा सहभागी हुन पाइने

टीभीएस एनटर्क ५० हजार बिक्रीको सेलिब्रेसन राइड हुँदै, फेसबुकबाट राइडिङमा सहभागी हुन पाइने

 जगदम्बा मोटर्सले टीभीएस मोटरको स्कुटर एनटर्क पचास हजार बिक्री भएको अवसरमा सेलिब्रेसन राइड आयोजना गर्ने भएको छ। कम्पनीले शनिबार नक्सालको टीभीएस शोरुमदेखि धुलिखेलको मिराबेल रिसोर्टसम्म राइडको आयोजना गर्नेछ

रिसोर्टमा पुगेपछि लाइभ म्युजिक, मनोरञ्जनात्मक खेल र सहभागीसँग अन्तरक्रिया गर्ने कम्पनीले जनाएको छ। कम्पनीले एनटर्क राइडरको क्लब बनाउने उदेश्यसहित यो कार्यक्रम गर्न लागेको हो।

कम्पनीका अनुसार लाइसेन्स भएका सबै एनटर्क राइडरले जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमार्फत अनलाइन दर्ता गरेर राइडमा सहभागी हुनसक्नेछन्।

जगदम्बाका उपाध्यक्ष दीपक अग्रवालले टीभीएसको एनटर्कको सदस्य ५० हजार पुगेको खुशी साट्न कार्यक्रम गर्न लागिएको बताए। यो स्कुटर सन् २०१८मा नेपाल भित्रिएको थियो। यो स्कुटर युवापुस्ताले सबैभन्दा बढी रुचाएका छन्। प्रविधि र शक्तिको उत्कृष्ट संयोजन रहेकाले समेत स्कुटरको बिक्री राम्रो भएको हो।

6390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका