जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • मल्ललाई हराउँदै पारस खड्का क्यानको सचिवमा निर्वाचित

मल्ललाई हराउँदै पारस खड्का क्यानको सचिवमा निर्वाचित

पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा निर्वाचित भएका छन्। शनिवार काठमाडौँस्थित एभरेस्ट होटलमा सम्पन्न निर्वाचनमा प्रशान्तविक्रम मल्ललाई पछि पार्दै सचिव पदमा निर्वाचित भएका हुन्।

कुल ८५ मतदाता रहेको क्यानको निर्वाचनमा खड्काले ४८ मत ल्याउँदै निर्वाचित भएका हुन्। दशक बढी नेपाली टोलीको कप्तानी गरेका खड्का संन्यास लिएको दुई वर्षपछि नै वाग्मती प्रदेश क्रिकेटको अध्यक्षहुँदै क्यान केन्द्रीय कार्यसमितिको सचिव बनेका हुन्।

आजै क्यानको अध्यक्षमा चतुरबहादुर चन्द अध्यक्षमा, रोशन सिंह उपाध्यक्षमा र पदम खड्का कोषाध्यक्षमा निर्बिरोध निर्वाचित भएका थिए। त्यस्तै महिलातर्फ जयन्ती भट्ट महिलातर्फ निर्बिरोध भएकी थिइन्।

त्यस्तै कोशी प्रदेशबाट अर्जुन पौडेल, बाग्मती प्रदेशबाट दिवाकर घले, गण्डकी प्रदेशबाट सुदीप शर्मा, लुम्बिनीबाट प्रदीप मजगैया, कर्णालीबाट श्रीधर केसी र सुदूरपश्चिम प्रदेशबाट विक्रम बिस्ट निर्वाचित बने। मधेश प्रदेशमा मोहम्मद दाउद अन्सारी र माधव कर्मचार्यले तथा खुलातर्फ ऋषिराम गौतम र करण महतारा क्षेत्रीले बराबरी मत ल्याउँदा गोलप्रथामा पुगेको थियो। जसमा कर्मचार्य र महतारा विजयी भए। खुला केन्द्रीय सदस्यमा दुर्गाराज पाठक, धिरेन्द्र साउद, आयुष श्रेष्ठ, विरेन्द्र बहादुर चन्द निर्वाचित भए।

2265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?