जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • एनआइबीएल एस क्यापिटलले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गर्ने

एनआइबीएल एस क्यापिटलले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गर्ने

तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबीएल एस क्यापिटलले साबिक मेगा बैंकको मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गर्ने भएको छ। एनआइबीएल एस क्यापिटलले १:१ को स्वाप रेसियोमा प्रप्ति गर्ने जनाएको हो।

समान हैसियतमा गाभिने प्रस्ताव पारित गर्न मेगा क्यापिटल मार्केट्सले विशेष साधारण सभा डाेकेको छ। सभा जेठ २९ गते रविभवनमा बस्दैछ। यस्तै, सोही दिन एनआइबीएस एसले पनि साधारण सभा डाकेको छ।

सभाले डीडीए प्रतिवेदन र समझदारी पत्र लगायत पारित गर्नेछ। यस्तै प्राप्तिको कामकारबाही सम्पन्न गर्न सञ्चालक समितिलाई अधिकार दिँदैछ।

नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकलाई ९० रुपैयाँ प्रति कित्ताका दरले मर्ज गरेको थियो। मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रुपमा कारोबार भइरहेको छ।

3890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका