जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘सिक्का’ सार्वजनिक 

राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘सिक्का’ सार्वजनिक 

नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ । आइतबार बबरमहलस्थित टक्सार महाशाखामा आयोजित एक कार्यक्रमकाबीच राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् ।

योसँगै १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका ‘मेडालियन सिक्का’ टकमरी गरी बिक्री सुरु गरिएको टक्सार महाशाखाले जनाएको छ । महाशाखाका अनुसार १० ग्राम सिक्काको रु. १६ सय र २५ ग्राम सिक्काको मूल्य रु. ४ हजार निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी ‘मेलालियन सिक्का’ टकमरी गरिएको महाशाखाले जनाएको छ ।

दुवै किसिमका ‘मेडालियन सिक्का’मा ९ सय ९९ टचको चाँदीको प्रयोग भएको महाशाखाले जनाएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन सिक्का’ भनिन्छ ।

सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ । राष्ट्र बैंकको सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका ‘मेडालियन सिक्का’को टकमरी गर्न स्वीकृति दिएको थियो ।

1455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका