जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मर्सिडिज बेञ्जको साझेदारीमा बनेको स्मार्ट मोटर्स ईभी भित्र्याउँदै चौधरी ग्रुप

मर्सिडिज बेञ्जको साझेदारीमा बनेको स्मार्ट मोटर्स ईभी भित्र्याउँदै चौधरी ग्रुप

चौधरी ग्रुपअन्तर्गतको सिजि मोटर्सले चिनियाँ कम्पनी स्मार्ट मोटर्स ईभीका गाडीहरु नेपालमा ल्याउने भएको छ । सिजि मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले स्मार्ट मोटर्ससँग सिजी मोटर्सले सहकार्य गरेको जानकारी दिए । स्मार्ट मोटर्स ईभी चर्चित जर्मन कम्पनी मर्सिडिज बेञ्जको संयुक्त लगानी रहेको गाडी निर्माता कम्पनी हो ।

दुई कम्पनीबीच चीनको हाउजाउमा सहकार्यको सम्झौता भएको हो । शनिबार स्मार्ट मोटर्स ईभीका गाडीहरु नेपालमा ल्याउने सम्झौता भएको चौधरीले जानकारी दिए । स्मार्ट मोटर्स पूर्ण रुपमा विद्युतीय गाडी निर्माण गर्ने कम्पनी हो, जसमा मर्सिडिज बेञ्ज ब्राण्डको पनि लगानी रहेको छ । मर्सिडिज र जेजियांग गिली होल्डिंग ग्रुपको संयुक्त लगानीमा सन् २०१९ मा यो कम्पनीको सुरुवात भएको थियो । चीनमा स्मार्ट विद्युतीय गाडीहरु निर्माण गर्ने र विश्वभर बिक्री गर्ने गरि यो कम्पनीको सुरुवात भएको थियो ।

यो कम्पनीले चीनमा आफ्नो उत्पादन कारखानाबाट साना विद्युतीय गाडीहरुको निर्माण गर्छ । चीनको निंबुमा प्रमुख कारखाना रहेको यो संयुक्त भेञ्चरमार्फत सन् २०२२ यता स्मार्ट ३१ को उत्पादन भइरहेको छ ।

1125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?