सानिमा बैंकले वार्षिक साधारण सभा दसैंअघि नै डाकेको छ। बैंकले नौरथा लागेपछि दसैं बिदा सुरु हुनुअघि साधारण सभा डाकेको हो। बैंकले कात्तिक २ गते गर्ने वार्षिक साधारण सभामा लाभांश प्रस्ताव गरेको छ। बैंकले ९ प्रतिशत बोनस सेयर दिने छ। अन्य बैंकले नगदलाई प्राथमिकतामा राखेका बेला सानिमाले पुँजी कोषलाई बलियो बनाउन खोजेको छ।
बैंकको चुक्ता पुँजी १२ अर्ब ४६ करोड रुपैयाँ छ। बोनस सेयर पारितपछि चुक्ता पुँजी एक अर्ब १२ करोड रुपैयाँले बढ्ने छ।
असोज २१ गतेसम्म सेयर खरीद गर्नेहरुले बैंकको लाभांशमा दाबी गर्न पाउने छन्। २२ गते बुकक्लोज हुने छ। बोनस सेयरका अलावा सेयरधनीले ५.७० प्रतिशत नगद लाभांश पनि पाउनेछन्।