जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरका रुपमा एफसी चितवन क्लबमा आबद्ध भएका छन्।

गेम वान प्रालिअन्तर्गतको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच यो आबद्धतामा सहमति भएको हो। नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगका रुपमा रहेको नेपाल सुपर लिग (एनएसएल) मंसिर ८ देखि पुस १४ गतेसम्म दशरथ रंगशाला काठमाण्डौमा आयोजना हुँदैछ।

एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिम एफसी चितवन, काठमाण्डौ रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, वीरगन्ज युनाइटेड, झापा एफसी र स्पोर्टिङ इलाम टिमले प्रतिस्पर्धा गर्दैछन्।

2995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?