जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • मर्जरको विशेष प्रस्ताव सहित नेपाल बङ्गलादेश बैंकले आह्वान गर्यो एसजिएम

मर्जरको विशेष प्रस्ताव सहित नेपाल बङ्गलादेश बैंकले आह्वान गर्यो एसजिएम

नेपाल बङ्गलादेश बैंकले लिमिटेडले जेष्ठ ७ गते शनिबार विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको बैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकको उक्त सभाको मिति तय गरेको हो । बैंकको विषेश साधारण सभा अनलाईन मार्फत बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००ः४३ को अनुपातमा प्राप्ति गर्न लागेको हो ।

पछिल्लो शेयर बजार मूलय समेतका विषयहरुको आधारमा नेपाल बङ्गलादेश बैंक लिमिटेडको १०० कित्ता शेयर बराबर यस कम्पनीका शेयरधनीहरुलाई नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त हुने गरी नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्तिमा गर्न लागेको हो ।

विशेष साधारण सभा प्रयोजनका लागि बैंकले बैशाख ३० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बैशाख २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

3325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका