
बैंक खातामा रकम नभई आईपीओमा आवेदन दिए तत्काल रिजेक्ट हुने भएको छ । नेपाल धितोपत्र बोर्डले एपीआई कार्यविधि पारित गरेसँगै बैंक खातामा रकम नभएसम्म आईपीओमा दिएको आवेदन तत्काल रिजेक्ट हुने भएको हो ।सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले एक वर्ष एपीआई कार्यविधि पारितका लागि सेबोनमा पठाएको थियो । तर, सेबोनले हालै मात्रै उक्त कार्यविधि पारित गरेपछि कार्यान्वयनमा आएको सिडिएस एण्ड क्लियरिङ्गका प्रवक्ता सुरेश न्यौपानेले बताए ।
उनका अनुसार बैंक खातामा पैसा नभई आईपीओ भरे अब तत्काल रिजेक्ट (आवेदन रद्द) हुनेछ । एपीआई प्रणालीको कार्यान्वयनसँगै सिडिएसको डाटाको काम गर्ने जोकोही अनुमति प्राप्त कम्पनीले रियल टाइम डाटा सेटल गर्न सक्ने उनको भनाइ छ ।
हाल यस्तो व्यवस्था नहुँदा आईपीओमा ठुलो सङ्ख्यामा फर्जी आवेदन पर्ने गरेको थियाे । सुरुमा कम्पनीको आईपीओमा आवेदन दिने तर पछि खाताबाट रकम फिर्ता गर्दा आवेदन रद्द गर्नुपरेको छ ।
आवेदकले आज आवेदन दियो भने भोलि मात्रै भेरिफाइड वा अनभेरिफाइड हुने गरेको थियो । तर, सो कार्यविधि लागू भएपछि ग्राहकले तुरुन्तै जानकारी पाउने छन् ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































