जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पशुपतिमा जलहरी प्रकरण : कोषका पूर्व र वर्तमान सदस्य-सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पशुपतिमा जलहरी प्रकरण : कोषका पूर्व र वर्तमान सदस्य-सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पशुपतिमा जलहरी राख्दा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन र वर्तमान दुवै सदस्य-सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पूर्व सदस्य-सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ ।

आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा छानबिन गरेको थियो । सदस्य-सचिवद्वयले जलहरी राख्दा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको अख्तियारले ठहर गरेको छ ।

उनीहरूमाथि हिनामिना भएको भनिएको सुन बराबर १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लागेको हो ।

यस्तै, कोषका स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध पनि एक करोड १७ लाख एक हजार ७८१ रुपैयाँ ८५ पैसा बिगो कायम गरी सो बराबर जरिवाना रकम माग गरिएको छ ।

 

1195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?