जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सिटिजन्स क्यापिटलको एजीएम सम्पन्न, नगद लाभांश बाँड्ने प्रस्ताव पारित

सिटिजन्स क्यापिटलको एजीएम सम्पन्न, नगद लाभांश बाँड्ने प्रस्ताव पारित

सिटिजन्स क्यापिटल लिमिटेड (साविकको सीबीआइएल क्यापिटल लिमिटेड) को सत्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १२ प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ ।

वार्षिक साधारणसभाले छलफलका लागि प्रस्तावित आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण र संस्थाको नियमावली अनुसार गरिएको स्वतन्त्र संचालकहरूको नियुक्ति अनुमोदन गरेको छ ।

सिटिजन्स क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त गरी कार्यहरू गर्दै आइरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लि.को मर्चेन्ट बैंकिङ्ग कारोबार गर्न स्थापित सहायक कम्पनी सिटिजन्स क्यापिटल लि.मा सिटिजन्स बैंक, कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरूको लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा रजिष्ट्रार्ड कार्यालय रहेको संस्थाले काठमाडौंभित्र तथा बाहिर समेत सेवा प्रदान गर्दै आएको छ ।

काठमाडौं बाहिरका लगानीकर्ताहरूले पूँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरूबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरूलाई संस्थाको विज्ञ तथा अनुभवि व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको छ।

1055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका