जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • जेठ १ बाटै ऋणको ब्याज डेढ प्रतिशतसम्मले घट्न सक्ने

जेठ १ बाटै ऋणको ब्याज डेढ प्रतिशतसम्मले घट्न सक्ने

नेपाल राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गर्दै ऋणको ब्याज दर पनि मासिक रुपमा परिवर्तन गर्न सकिने सुविधा दिएपछि ऋणीको ब्याज घट्न साउन १ गतेसम्म कुर्न नपर्ने भएको छ।

राष्ट्र बैंकको पूर्ववर्ती निर्देशन अनुसार निक्षेपको ब्याज मासिक रुपमा तलमाथि गर्न पाइए नि ऋणको भने तीन महिनापछि मात्र गर्न पाइन्थ्यो।

यसले गर्दा निक्षेपको ब्याज घटेर बैंकहरुको लागत कम भइसक्दा पनि ऋणीले राहत पाउन सकेका थिएनन्। त्यसमा संशोधन गर्न नेपाल उद्योग वाणिज्य महासंघदेखि बैंकर्स संघसम्मले माग गर्दै आएको थियो।

सोमबार बजारको मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले आधार दर मासिक रुपमा परिवर्तन गर्न पाइने व्यवस्था मिलाइदिएको हो। अहिले आधार दर कम हुँदै गएको सन्दर्भमा ऋणको ब्याजदर पनि घट्ने छ।

बैंकहरुले गत वैशाख १ गतेदेखि लागू हुने गरी मुद्दतिको ब्याजदर ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झारेका थिए। निक्षेपको ब्याज घटेपनि ऋणको घट्न सकेको थिएन। वैशाखमा घटेको निक्षेपको ब्याजको असर ऋणीले साउन १ गतेबाट मात्र पाउनेवाला थिए।

राष्ट्र बैंकको नयाँ व्यवस्थाले अब जेठ १ गतेबाटै ऋणको ब्याज थप घट्ने छ।

ऋणीको ब्याजदर बढीमा डेढ प्रतिशतले घट्ने छ। प्रिमियम ग्राहकको मोलमोलाइ क्षमता उच्च हुने भएकाले आधार दर कम भएका बैंकमा जाँदा एकल अंकमै ऋण पाउने अवस्था सृजना भएको छ।

1135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका