जोडिनुहोस
सोमवार, मंसिर ३, २०८१
सोमवार, मंसिर ३, २०८१
  • होमपेज
  • कानुनको अपव्याख्या गरी स्वार्थ समूहले प्रिमियमको आईपीओबारे भ्रम छर्यो’ – बीमा प्राधिकरण

कानुनको अपव्याख्या गरी स्वार्थ समूहले प्रिमियमको आईपीओबारे भ्रम छर्यो’ – बीमा प्राधिकरण

नेपाल बीमा प्राधिकरणले ऐन विपरितबीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिईएको विषयबारे प्रष्टीकरण दिएको छ । नियम मिचेर प्रिमियममा सेयर निष्काशन गर्न अनुमति दिएको भन्दै लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरणविरुद्ध अख्तियारमा उजुरी परेपछि प्राधिकरणले यसबारे प्रष्टिकरण दिएको हो ।

प्राधिकरणले चारवटा बीमकहरूलाई प्रिमियम मूल्यको शेयर जारी गर्न सैद्धान्तिक स्वीकृति दिएको विषयलाई आफूखुशी अपव्याख्या गर्दै भ्रमपूर्ण दुष्प्रचार गरिएको उल्लेख गरेको छ । केही स्वार्थ समूहहरूले बीमा ऐन, २०७९ मा भएको व्यवस्थाको आफूखुशी अपव्याख्या गर्दै भ्रमपूर्ण दुष्प्रचार गरिरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ ।

कानूनी व्यवस्थाको अपब्याख्या गर्दै प्रिमियममा शेयर निकाष्शनको स्वीकृति दिनु नहुने भनी कुप्रचार गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, बीमकहरूप्रति अविश्वास पैदा गर्ने, लगानीकर्ताहरुलाई भ्रममा राख्ने र नियामक निकायको काम कारवाहीप्रति अविश्वास पैदा गर्ने दूषित मनसायले निहित स्वार्थ समूहहरूबाट भएका त्यस्ता अनर्गल दुष्प्रचारमा नपर्न र कसैको बहकाउमा नलाग्न बीमक, बीमित, लगानीकर्ता तथा सर्वसाधारण लगायत सम्बन्धित सबैलाई प्राधिकरण आग्रह गरेको छ।

धितोपत्र निष्काशन नियमावली, २०७३ को दफा २५ तथा कम्पनी ऐन, २०६३ को दफा २९ बमोजिम प्रिमियममा शेयर जारी गर्न सक्ने व्यवस्था सम्बन्धी शर्तहरू पूरा गरेका बीमकहरूलाई सर्वसाधारणका लागि छुट्याइएको शेयर प्रिमियममा सार्वजनिक निष्काशन गर्न प्राधिकरणबाट कानून बमोजिम सैद्धान्तिक स्वीकृति दिइएको प्राधिकरणले स्पस्ट पारेको छ

प्राधिकरणको प्रष्टिकरण :

नेपाल बीमा प्राधिकरणबाट विभिन्न चारवटा बीमकहरूलाई प्रिमियम मूल्यको शेयर जारी गर्न सैद्धान्तिक स्वीकृति दिएको विषयलाई लिएर केही अनलाइन संचार माध्यम मार्फत केही स्वार्थ समूहहरूले बीमा ऐन, २०७९ मा भएको व्यवस्थाको आफूखुशी अपव्याख्या गर्दै भ्रमपूर्ण दुष्प्रचार गरिरहेको प्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ ।

बीमकहरू आईएमई लाइफ इन्स्योरेन्स लि, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लि, सन नेपाल लाइफ इन्स्योरेन्स लि। र सिटिजन लाइफ इन्स्योरेन्स लि। समेत ४ वटालाई प्रिमियममा शेयर जारी गर्न प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति दिइएको र बीमा ऐन, २०७९ को दफा ४५ को विवरणपत्र तथा शेयर निष्काशन सम्बन्धी व्यवस्थाको उपदफा ९५० मा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि बीमकले सर्वसाधारणबाट शेयर खरिदका लागि दरखास्त आह्वान गर्दा शेयरको अङ्कित मूल्यको शत्प्रतिशत रकम माग गर्नुपर्नेछ’ भन्ने कानूनी व्यवस्थाको अपब्याख्या गर्दै प्रिमियममा शेयर निकाष्शनको स्वीकृति दिनु नहुने भनी कुप्रचार गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, बीमकहरूप्रति अविश्वास पैदा गर्ने, लगानीकर्ताहरुलाई भ्रममा राख्ने र नियामक निकायको काम कारवाहीप्रति अविश्वास पैदा गर्ने दूषित मनसायले निहित स्वार्थ समूहहरूबाट भएका त्यस्ता अनर्गल दुष्प्रचारमा नपर्न र कसैको बहकाउमा नलाग्न बीमक, बीमित, लगानीकर्ता तथा सर्वसाधारण लगायत सम्बन्धित सबैलाई प्राधिकरण आग्रह गर्दछ ।

बीमा ऐन, २०७९ को दफा ४४ को उपदफा (५) मा ‘बीमकको शेयरको बाँडफाँड तथा बिक्री वितरण सम्बन्धी अन्य व्यवस्था धितोपत्र सम्बन्धी प्रचलित सङ्घिय कानून बमोजिम हुने’ उल्लेख भएको, धितोपत्र ऐन, २०६३ बमोजिम धितोपत्र बोर्ड नेपालले जारी गरेको धितोपत्र निष्काशन नियमावली, २०७३ को दफा २५ तथा कम्पनी ऐन, २०६३ को दफा २९ बमोजिम प्रिमियममा शेयर जारी गर्न सक्ने व्यवस्था सम्बन्धी शर्तहरू पूरा गरेका बीमकहरूलाई सर्वसाधारणका लागि छुट्याइएको शेयर प्रिमियममा सार्वजनिक निष्काशन गर्न प्राधिकरणबाट कानून बमोजिम सैद्धान्तिक स्वीकृति दिइएको स्पष्ट गर्दछौं ।

नियमनकारी निकायहरूको सुशासनयुक्त कार्यप्रणालीप्रति प्रश्न उठाई केही स्वार्थ समूहले विद्यमान कानूनको अपव्याख्या गरी मनगढन्तेरूपले गर्दै आएको दुष्प्रचारप्रति प्राधिकरण घोर आपत्ति प्रकट गर्दछ ।

2230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका