जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेसमा एसियन लाइफ आबद्ध, ग्राहकको खातामै पैसा

क्लियरिङ हाउसको  नेशनल पेमेन्ट इन्टरफेसमा एसियन लाइफ आबद्ध, ग्राहकको खातामै पैसा

एसियन लाईफ इन्स्युरेन्स कम्पनी नेपाल क्लियरिङ हाउसको  नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध भएको छ।

कम्पनीले आफ्ना सम्पूर्ण भुक्तानीहरु अब एनआइसी एसिया बैंकमा रहेको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेसमा आबद्ध भएको हो।  यो कारोबार आजैबाट सुरु भएको छ।

यसरी एनपीआइमा रहेका कनेक्ट आइपीएस तथा एनसीएचएल/आइपीएस प्रणालीहरु मार्फत स्वचालित रुपमा एसियान लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी लगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ।

एसियन लाईफले बीमा प्रिमियम संकलनका लागि पहिलेदेखि नै विभिन्न डिजिटल माध्यमको प्रयोग गर्दै आएको थियो भने यस व्यवस्थापछि कम्पनीको सेवा सञ्चालन थप छरितो र सहजहुनुका साथै कम्पनीको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विज्ञप्तिमा उल्लेख छ।

लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्तगर्न कम्पनी नै पुग्नु पर्ने वा चेक लिनु पर्ने व्यवस्थाको पनि अन्त्य भई भुक्तानी सोझै आफ्नो बैंक वित्तिय संस्थाको खातामा प्राप्तगर्न सक्ने छन्।

एसियन लाईफसँगै २८ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमाशूल्क (प्रिमियम) को संकलन हाल अनलाइनमार्फत कनेक्ट आइपीएस इ-पेमेन्टबाट भइरहेको छ भने ६ वटा बीमा कम्पनी भने एनपीआइ प्रणालीमा आबद्ध भैसकेका छन्।

एनपीआइ नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ। यसमा हाल ६१ सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ५६ गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।

2635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका