जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • नेपाल लाइफको ‘तिमी यो दसैँमा के गर्छौ ?’ नामक टिकटक प्रतिस्पर्धा

नेपाल लाइफको ‘तिमी यो दसैँमा के गर्छौ ?’ नामक टिकटक प्रतिस्पर्धा

नेपालकै अग्रणी एवं सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बडा दसैँको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमंग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ।

‘तिमी यो दसैँमा के गर्छौ ?’ नामक टिकटकको जिंगलमा (जिंगलको लिंक: https://vt.tiktok.com/ZSN6GFKjC/) सहभागी प्रतिस्पर्धीले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ। हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टका आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरु छनौट गरी प्रथम, द्वितीय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ। प्रथम हुनेलाई नगद रु. ३० हजार, द्वितीयलाई रु. २० हजार र तृतीयलाई रु. १० हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ।

यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले आज कात्तिक १ गतेदेखि कात्तिक १५ गतेसम्म सहभागी जनाउन सक्नेछन्। दसैँले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बडादसैँको पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन्। उनले कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्ने कुरा बताए।

3040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका