जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्सको नाफा १२ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानीमा सुधार

नेपाल लाइफ इन्स्योरेन्सको नाफा १२ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानीमा सुधार

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार खुद नाफा १२.८ प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउनेदेखि पुस मसान्तसम्म)मा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ३७ करोड ८८ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद प्रिमियमसँगै कर्जा र लगानीवापतको आम्दानी बढ्दा नाफामा टेवा पुगेको देखिन्छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १९ अर्ब ७१ करोड रुपैयाँ खुद प्रिमियम आम्दानी गरेको छ, गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १८ अर्ब ४० करोड थियो । त्यस्तै कर्जा तथा लगानीवापतको आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ६ अर्ब ५४ करोड रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा ७ अर्ब ४८ करोड छ ।

दोस्रो त्रैमासमा कम्पनीको कुल बीमा शुल्क आम्दानी २० अर्ब रुपैयाँ छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सुधार भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४२ पैसा छ । गत वर्षको दोस्रो त्रैमासमा यस्तो आम्दानी ९ रुपैयाँ २३ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ छ । औसत प्रतिफलदर १० प्रतिशत छ ।

365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका