जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बैंकिङ कसुर तथा सजाय संशोधन विधेयक २०८०’ संसदमा पेस 

बैंकिङ कसुर तथा सजाय संशोधन विधेयक २०८०’ संसदमा पेस 

‘बैंकिङ कसुर तथा सजाय ऐन २०६४’ को दोस्रो संशोधनसम्बन्धी विधेयक २०८० संसदमा पेस भएको छ।

आइतबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ऐन संशोधनसम्बन्धी विधेयक २०८० पेस गरेका हुन्।

मन्त्री गुरुङले अर्थमन्त्री डा. प्रकाशशरण महतका तर्फबाट विधेयक संशोधनको प्रस्ताव पेस गरेका हुन्। उक्त विधेयक संशोधनमा सांसद प्रेम सुवालले असहमति जनाएका थिए।

तर, बहुमत सांसदले विधेयक संशोधन गर्नुपर्ने जनाएपछि सभामुख देवराज घिमिरेले संसदमा मन्त्री गुरुङलाई विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए।

1130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?