जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो, वैदेशिक रोजगारीमा गएकाले कहिलेसम्म आवेदन दिने?

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो, वैदेशिक रोजगारीमा गएकाले कहिलेसम्म आवेदन दिने?

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आजबाट पहिलो चरणको सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो।

‍कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ रहेको छ। कम्पनीले यसको कूल २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्काशन गर्दैछ।

जसको १० प्रतिशतले हुन आउने १ लाख ४० हजार कित्ता सेयर आजबाट श्रम स्वीकृती लिइ वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि बिक्री खुलाएको हो।

श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरुले उक्त सेयरमा न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले जारी गरेको सो सेयरमा आजबाट कात्तिक २४ गते सम्म आवेदन दिन सकिनेछ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्ष असार सम्म कम्पनी ४ करोड ८३ लाख सञ्चित मुनाफा ऋणात्मक हुने प्रक्षेपण गरेको छ। अघिल्लो वर्ष कम्पनीको सञ्चित मुनाफा ६ करोड ६९ लाख रुपैयाँ ऋणात्मक थियो।

अघिल्लो वर्षको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी २८.५४ ऋणात्मक छ। प्रति सेयर नेटवर्थ भने ७६.८१ रुपैयाँ रहेको छ।

कम्पनीले आजबाट सो सेयर प्रति कित्ता १०० रुपैयाँका दरले बिक्री गर्नेछ। कम्पनीको साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका