जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • यूएईलाई पन्छाउँदै नेपाल टी-२० विश्वकपमा 

यूएईलाई पन्छाउँदै नेपाल टी-२० विश्वकपमा 

आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ । एसियाली छनोटमा शुक्रबार यूएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो ।

नेपालले सन् २०१४ मा पहिलो र अन्तिम पटक टी-२० विश्वकप खेलेको थियो । नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म खेलेको यही एकमात्र विश्वकप हो ।

आगामी टी-२० विश्वकप जुन ३ देखि ३० तारिखसम्म आयोजना हुँदैछ । प्रतियोगितामा १२ टेस्ट र ८ एसोसिएट टोली सहभागी हुनेछन् ।

मूलपानी क्रिकेट मैदानमा भएको एसियाली छनोटको सेमिफाइनलमा नेपालले यूएईविरुद्ध शानदार बलिङ गर्दै जीतको आधार तयार गरेको थियो । टस जितेर ब्याटिङ थालेको यूएईले केवल १३५ रनको लक्ष्य दिएको थियो ।

नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे । नेपालका लागि आसिफ शेखले अर्धशतकीय पाली खेले । उनले अविजित ६३ रन जोडे । रोहित पौडेलले अविजित ३५ , गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए । २६ रनमा पहिलो विकेट गुमाएको नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफले गुल्सनसँग दोस्रो विकेटका लागि ४१ र रोहितसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।

त्यसअघि यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेकाे थियाे । यूएईका भृत्य अरविन्दले ६४ रन बनाए । मुहम्मद वासिमले २६, एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन जोडे ।

नेपाली स्पीनरहरुले कसिलो बलिङ गरे । नेपालका कुशल मल्लले ३ र सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एकएक विकेट लिए । सन्दीपले चार ओभरमा एक मेडन राख्दै १४ रनमात्र खर्चिए । कुशल मल्लले ३ ओभरमा ११ रन खर्चिए ।

यूएईले उत्कृष्ट सुरुवात गरेको थियो । सुरुका तीन ओभरमा विकेट नगुमाई २९ रन जोडेको यूएईले त्यसपछि एक रनको अन्तरमा दुवै ओपनरलाई गुमाएको थियो । त्यसपछि नेपाली स्पीनरहरुले यूएईका ब्याट्सम्यानहरुलाई लगातार दबाबमा राखेका थिए ।

समूहगत चरणका सबै खेल जितेर यूएई सेमिफाइनल पुगेको थियो । सुरुका दुई खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको नेपाल समूहको अन्तिम खेलमा भने बिहीबार ओमानसँग पराजित भएको थियो ।

Sent from my iPhone

870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका