जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • थप घट्यो बैंकहरूको ब्याजदर

थप घट्यो बैंकहरूको ब्याजदर

भदौ महिनादेखि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा ब्याजदरमा समायोजन गरेका छन्। व्यक्तिगत खाताका लागि औसत ब्याजदर ५.५८% मा झरेको छ भने संस्थागत खाताका लागि औसत ३.९६% कायम गरिएको छ।

भदौ महिनाका लागि सातवटा बैंकले ब्याजदर घटाएका छन्। कृषि विकास बैंकले व्यक्तिगत खातामा ५.२०% र संस्थागत खातामा २.८५% ब्याजदर तोकेको छ। एभरेष्ट बैंकले व्यक्तिगत खातामा ५.७५% र संस्थागतमा ४.७५% ब्याजदर तोकेको छ।

त्यस्तै, कुमारी बैंकले व्यक्तिगत खातामा ५.२१% ब्याजदर तोकेको छ भने नेपाल एसबिआई बैंकले व्यक्तिगतमा ५.२५% र संस्थागतमा ४.२५% निर्धारण गरेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक र सानिमा बैंकले पनि आफ्ना खाताका लागि ब्याजदरमा सुधार गरेको जानकारी बैंकहरूले दिएका छन्।

अन्य बैंकहरू नेपाल बैंक, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, प्राइम, सिटिजन्स, प्रभु, माछापुच्छ्रे, एनएमबि, हिमालयन, नबिल, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट मेगा र एनआईसी एशियाले भने आफ्नो ब्याजदर स्थिर राखेका छन्।

1330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्