जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनबीआइको पहलमा ८ करोड बराबरको अक्सिजन प्लान्ट नेपाल आयो,एनबीआइको पहलमा ८ करोड बराबरको अक्सिजन प्लान्ट नेपाल आयो,

एनबीआइको पहलमा ८ करोड बराबरको अक्सिजन प्लान्ट नेपाल आयो,एनबीआइको पहलमा ८ करोड बराबरको अक्सिजन प्लान्ट नेपाल आयो,

नेपाल बिजनेस इनिसियटिभ (एनबीआइ) को नेतृत्वमा करिब पौने ८ करोड रुपैयाँ बराबरका अक्सिजन प्लान्ट सरकारलाई हस्‍तान्तरण गरिएको छ।

युरोपेली मुलुक टर्कीबाट आयात गरिएका ६ वटा प्लान्ट काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका सरकारी/अर्धसरकारी अस्पताललाई हस्तान्तरण गरिएको हो। यी प्लान्टको २०० बेडलाई पुग्ने अक्सिजन उत्पादन गर्न सक्ने क्षमता रहेको छ।

६ वटै प्लान्‍ट नेपाल आइपुगेपछि शनिबारसम्ममा कीर्तिपुरस्थित फेक्ट नेपालद्वारा सञ्चालित कीर्तिपुर अस्पताल, बालाजुको जनमैत्री अस्पताल, टेकुको शुक्रराज ट्रपिकल अस्पताल र वागमती प्रदेश अस्पताल हेटौंडालाई हस्तान्तरण गरिएको एनबीआइका अध्यक्ष कुशकुमार जोशीले बिजमाण्डूलाई बताए।

जोशीका अनुसार अब काभ्रेको धुलिखेल अस्पताल र झापामा रहेको अस्पतालमा अर्को प्लान्ट हस्तान्तरण गर्ने एनबीआइको योजना छ।

नेपालमा कोभिड-१९ का कारण अक्सिजनको चरम अभाव भएका बेला निजी क्षेत्रले अक्सिजन सिलिण्डरदेखि प्लान्टसम्म सहयोग गर्न सकिने योजनासहित खरिदको प्रक्रिया अघि बढाएको थियो।

‘सामान अर्डर गरेर नयाँ बनाएर ल्याउँदा लामै समय लाग्ने सम्भावना थियो,’ जोशीले भने, ‘एनबीआइको पहलमा अजरबैजानका लागि अर्डर भइसकेको सामान नेपाल ल्याउन सफल भएका छौं।’

सामाजिक उत्तरदायित्व बहन निम्ति प्लान्ट खरिद गर्न लागेकाले आपूर्तिकर्ताले पनि नाफा नराखी दिँदा सस्तो मूल्यमा प्लान्ट नेपाल आइपुगेको उनले बताए।

दुई वर्ष वारेन्टी भएको अक्सिजन प्लान्टको मूल्य एक करोड २८ लाख रुपैयाँ परेको छ। ६ वटा प्लान्टको मूल्य ७ करोड ६८ लाख रुपैयाँ परेको जोशीले बताए। कम्पनीले नेपालमा प्लान्ट जडानका लागि टर्कीबाट प्राविधिकहरु समेत पठाएको छ।

यी प्लान्‍ट जडान भएपछि सिधै पाइपलाइनबाट अस्पतालका बेडहरुमा अक्सिजन पठाउन सकिन्छ। यदि सिलिण्डरमा भरेको खण्डमा एउटा प्लान्टले दैनिक १२७ वटासम्म सिलिण्डर भर्न सक्ने जोशीले बताए।

२५ बेडभन्दा बढी क्षमता भएका अस्पतालले अनिवार्य रूपमा अक्सिजन प्लान्ट राख्नुपर्ने भए पनि त्यसको अनुगमन नहुँदा कोभिडको दोस्रो लहरमा नेपालमा अक्सिजनको हाहाकार भएको जोशीको भनाइ छ।

4725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका