जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्स १८ औं बर्षमा प्रवेश

शिखर इन्स्योरेन्स १८ औं बर्षमा प्रवेश

शिखर इन्स्योरेन्स कम्पनी आजबाट १८ औं वर्षमा प्रवेश गरेको छ । नेपालमा गुणस्तरिय निर्जिवन बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ बिभिन्न पेशा ब्यबसायमा आवद्ध ब्यत्विको सक्रियतामा स्थापित यस कम्पनीले आजैका दिन बि.स २०६१ मंसिर २ बाट बीमा सेवा प्रदान गरेको थियो । 

कम्पनी स्थापना गर्दा १० करोडको चुक्ता पुँजि भएको यस कम्पनी आज १७५ करोड को चुक्ता पुँजि रहेको छ । कम्पनीको पछिल्लो १५ औ र १६ औं बार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत हकप्रद शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पुँिज २२८ करोड पुग्ने यस कम्पनीले बिगत १७ बर्षदेखि अनवरत रुपमा सेवा प्रदान गर्दै आईरहेको छ । 

यस क्रममा बीमाको पहुच नेपालको बिकट जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ दैलेख डोटी, डोल्पा जस्ता दुरदराजका जिल्ला सहित कुल १०५ शाखा र निकट भबिष्यमा थप २० शाखा गरी कुल १२५ शाखा मार्फत सेवा प्रदान गर्न सफल छ । कम्पनी सम्पुर्ण बीमित बर्गको बिश्वास र भरोसाको केन्द्र भएका कारण नेपालमा भएका निर्जिवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको छ ।

4330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका