जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको नाफा १.२२ अर्ब रुपैयाँ

ग्लोबल आइएमई बैंकको नाफा १.२२ अर्ब रुपैयाँ

ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३ प्रतिशत बढेर १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४९.९२ प्रतिशत बढेर ४ अर्ब ८० करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २० करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी ३६.१९ प्रतिशत बढेर ७३ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ४७.३५ प्रतिशत बढेर ५ अर्ब ७० करोड ९१ लाख रुपैयाँ, सञ्चालन मुनाफा ६.४२ प्रतिशत बढेर १ अर्ब ७९ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ, जगेडा कोष ६.६३ प्रतिशत बढेर २४ अर्ब ४३ करोड रुपैयाँ, निक्षेप संकलन ३.९१ प्रतिशत बढेर ४ खर्ब ४३ अर्ब रुपैयाँ र कर्जा ०.२७ प्रतिशत बढेर ३ खर्ब ५७ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

बैंकको नाफा बढेपनि प्रतिसेयर आम्दानी भने ६.२९ रुपैयाँ घटेर १३.७१ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.७४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६८.३० रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकको खराब कर्जा २.१ प्रतिशतबाट बढेर ४.३८ प्रतिशत पुगेको छ । साथै बैंकको कर्जा निक्षेप अनुपात ८१.१८ प्रतिशत र आधार दर १०.०७ प्रतिशत रहेको छ 

2000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका