जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरलको सेयर कारोबार रोक्का

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरलको सेयर कारोबार रोक्का

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको मर्जर सहमतिपछि सेयर कारोबार रोक्का भएको छ ।

सहमतिपश्चातनै कम्पनीहरुको सेयर कारोबार रोक्का भएको हो। कारोबार रोकिएसँगै सगरमाथा इन्स्योरेन्स कम्पनीको अन्तिम कारोबार मूल्य ८७० रुपैयाँ छ। लुम्बिनी जनरल इन्स्योरेन्सको ३८२ रुपैयाँमा कारोबार रोकिएको हो।

असार २९ गते बसेको समितिको बैठकले मर्जरमा जाने निर्णय गरेको थियो। जसमा बुधबार यी दुई कम्पनी एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

उक्त सहमतिपत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट अध्यक्ष लोकमान्य गोल्छा र लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट अध्यक्ष अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

बराबरी हैसियतमा मर्जरमा जान लागेका कम्पनीले यति बेला स्वाप रेसियो तय गरेका छैनन्। बीमा समितिले गएको चैत्र १० गते निर्जीवन बीमा कम्पनीहरुलाई चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन निर्देशन दिएको थियो।

4990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका