जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • सरकार परिवर्तनसँगै के होला राष्ट्रिय वाणिज्य र नेपाल बैंकको मर्जर ?

सरकार परिवर्तनसँगै के होला राष्ट्रिय वाणिज्य र नेपाल बैंकको मर्जर ?

गत माघ १० गते राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि थिए तत्कालिन अर्थमन्त्री विष्णु पौडेल । विशेष अतिथि थिए– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी । दुबै अतिथिले सरकारी स्वामित्वका राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक मर्ज गर्ने गरी अघि बढेको छलफल टुंगोमा पुग्ने अपेक्षा गरिएको छ ।

केही समय अघिदेखि उक्त दुई बैंक एक आपसमा गाभ्ने भनेर आन्तरिक रुपमा व्यापाक छलफल हुँदै आएको थियो । त्यो छलफल नियामक नेपाल राष्ट्र बैंकहुँदै अर्थ मन्त्रालयसम्मै पुगेको थियो । तर, पछिल्ला केही दिन अर्थमन्त्री पद रिक्त हुदाँ कुराकानी थप अघि बढ्न सकेन ।

देशको अस्थिर राजनीतिक घटनाक्रमले विगत एक महिनादेखि अर्थमन्त्री पद रित्त थियो । तर अब सरकारले पुर्णता पाउँदै गर्दा नयाँ अर्थमन्त्रीको रुपमा डा. प्रकाशशरण महतले कार्यभार सम्हालिसकेका छन् । मन्त्री महत अर्थतन्त्रका जानकारसमेत हुन् । यसै कारण अब यी दुई सरकारी बैंकहरुको मर्जर प्रस्तावबारे मन्त्रालयमा छलफल अघि बढ्ने अपेक्षा गरिएको छ ।

दुवै सरकारी बैंक भएकाले यसमा अर्थमन्त्री वा सरकारले लिने नीति नै निर्णायक हुन्छ । सरकारकै नीति अनुसार निजी बैंकहरु धमाधम गाभिन थालेका बेला सरकार तथा राष्ट्र बैंकलाई सरकारी स्वामित्वकै बैंकहरु मर्जरमा लैजाने नैतिक दवाव पनि छ । अहिले राष्ट्रिय बाणिज्य बैंकमा लगभग पुरै र कृषि विकास बैंक तथा नेपाल बैंकमा सरकारको आंशिक स्वामित्व छ ।

निजी बैंकहरुले मर्ज मार्फत पुँजी बढाएर व्यवसायीक क्षमता समेत बढाएका छन् । तर, सरकारी बैंकहरु भने तोकिएको न्यूनतम चुक्ता पूँजीमै सञ्चालित छन् । यही कारण अव सरकारी स्वामित्वका बैंकहरु पनि मर्जरमा लानु पर्ने दवाव बढेको छ ।

यता, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा सरकारी बैंकहरु पनि मर्जरमा जानुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । राष्ट्रिष्य वाणिज्य बैंकको वार्षिकोत्सवको कार्यक्रममै गभर्नर अधिकारीले पछिल्लो समयमा निजी क्षेत्रका बैंकहरुको मर्जरको लहर चलिरहेको र बैंकहरुको व्यावसायिक आकार बढीरहेको भन्दै सरकारी बैंकहरुलाई पनि मर्जरमा जान सुझाव दिएका थिए । उनले भनेका थिए, ‘आवश्यक परेमा तीनवटा सरकारी बैंक मिलेर मर्जको लागि एक आपसमा कुरा गर्न सक्नेछन् ।’

सार्वजनिक कार्यक्रममा नै उनले सरकारी बैंकहरुले पनि मर्जरको फाइदा र आवश्यकता बुझ्न आवश्यक रहेको औल्याएका थिए । मर्जरपछि बैंकहरुले प्रतिस्पर्धात्मक रुपमा व्यवसाय वृद्धि र गुणस्तरीय सेवा प्रवाह हुने उनको भनाई थियो ।

यद्यपि, पछिल्लो परिस्थीतिलाई दृष्टिगत गर्दै अहिले नेपाल र बाणिज्य बैंकले एक आपस मर्ज हुने गरि छलफल अघि बढाएका छन् । यसबार निकै गहिराईमै गएर छलफल भइसकेको स्रोतको भनाइ छ । भर्खरै नयाँ अर्थमन्त्री आएकाले यसलाई अघि बढाउने प्रयास सुरु भइसकेको दुबै बैंकका अधिकारीले स्पष्ट पारेका छन् ।

1250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका