जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्थमन्त्री महतले भने-‘भूकम्प प्रभावितलाई राहतका लागि हामीले नभ्याए मात्रै अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्छौं’

अर्थमन्त्री महतले भने-‘भूकम्प प्रभावितलाई राहतका लागि हामीले नभ्याए मात्रै अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्छौं’

अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रिपरिषद्को बैठकपछि भूकम्पपीडितको लागि राहत र पुनर्स्थापना प्याकेज घोषणा हुने बताएका छन्।

तत्कालका लागि भने सरकार थप क्षति रोक्न र उद्धारमा खटिएको अर्थमन्त्री डा महतले बताए। ‘अहिले प्रधानमन्त्रीज्यू पनि भूकम्पग्रस्त क्षेत्रमा पुग्नुभएको छ, सरकारको अहिलेको प्राथमिकता थप क्षति रोक्नु र घाइतेको उद्धार गर्नु हो,’ बिजमाण्डूसँग संक्षिप्त कुराकानी गर्दै महतले भने, ‘त्यपछि क्षतिको मुल्यांकन गर्छौ र राहत, पुनर्स्थापना र पुनर्निमाण प्याकेज घोषणा हुन्छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फर्केपछि आइतबार बिहान मन्त्रिपरिषद् बैठक बस्दैछ। मन्त्रिपरिषद् बैठकबाट पुनर्निर्माण र पुनर्स्थापनाको प्याकेजको घोषणा हुने मन्त्री महतले बताए। भूकम्पपीडितका लागि प्रदेश सरकार तथा निजी क्षेत्रबाट सहयोगको घोषणा भइरहेको छ।

सरकारले जाजरकोट र रुकुम पश्‍चिममा भूकम्प प्रभावितको खोज/उद्धार र राहतका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरिसकेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राहत पठाउने निर्णय भएको बताएका हुन्।

प्रदेश सरकारदेखि विभिन्न संघसंस्थाले सहयोग रकम घोषणा गर्न थालेपछि सरकारले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत मात्र खर्च गर्ने निर्णय गरेको हो।

सरकारले आफ्नो क्षमताले भ्याएसम्म भूकम्प प्रभावितलाई राहत प्याकेज दिने र नभ्याए अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको आह्वान गर्नेसमेत मन्त्री महतले बताए। ‘अहिलेको क्षमताको आधारमा मुल्यांकन गरेर सरकारले नै राहत दिन्छौ। हामीले नभ्याएको अवस्थामा अन्तर्राष्ट्रिय समुदायलाई पनि सहयोगको आह्वान गर्छौ,’ अर्थमन्त्री डा महतले भने।

625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका