जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा रक्तदानसहित विविध कार्यक्रम

कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा रक्तदानसहित विविध कार्यक्रम

कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गर्ने अवसरमा आफ्ना सम्पूर्ण क्षेत्रीय कार्यालयमा रक्तदान कार्यक्रम गरेको छ।

रक्तदान कार्यक्रमअन्तर्गत काठमाण्डौको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा ५६ पिन्ट, कोशी प्रदेशको विराटचोक शाखामा ४० पिन्ट, मधेश प्रदेशको वीरगन्ज शाखामा २३ पिन्ट, बर्दिबास शाखामा ३० पिन्ट, नारायणगढ क्षेत्रको खैरहरी पर्सा शाखामा ११० पिन्ट, पोखरा क्षेत्रको प्रस्र्याङ शाखामा ४६ पिन्ट र पश्चिम क्षेत्रको नेपालगन्ज शाखामा ३६ पिन्ट र बुटवल क्षेत्रको बुटवल शाखामा ७६ पिन्ट गरी कुल ४१७ पिन्ट रगत संकलन गरेको जनाएको छ।

वार्षिकोत्सवकै कार्यक्रमअन्तर्गत बैंकले कोशी प्रदेशको विराटचोकमा रहेको सुकुना बहुमुखी क्याम्पसमा रु. ५० हजार रुपैयाबराबरको छात्रवृत्तिसमेत प्रदान गरेको छ। उक्त छात्रवृत्ति रकम क्याम्पसको व्यवस्थापन संकायमा अध्ययनरत १० जना जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने क्याम्पसका सहायक क्याम्पस प्रमुख बलराम पोख्रेलले बताए।

बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रमसहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ। बैंकले गत शुक्रबारदेखि विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ। आगामी बिहीबारसम्म बैंकले विभिन्न कार्यक्रम गर्ने जनाएको छ।

2525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका