जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकका एकै साथ ४ नयाँ शाखा र १२ शाखारहित बैंकिङ्ग सेवा

माछापुच्छ्रे बैंकका एकै साथ ४ नयाँ शाखा र १२ शाखारहित बैंकिङ्ग सेवा

माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश नंं १ का सुनसरी र झापा जिल्लामा थप ४ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले  जेष्ठ २८ गते मंगलबार सुनसरी जिल्लाको इनरुवा नगरपालीकास्थित इनरुवा र सोहि जिल्ला कै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टी र जेष्ठ ३० गते  झापा जिल्लाको भद्रपुर नगरपालिका १०, स्थित चन्द्रगढी (चाराली रोड) र सोहि जिल्ला कै मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा कार्यालयहरुको औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो ।

सुनसरी जिल्लाको इनरुवास्थित शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर राजन मेहता र चक्रघट्टी शाखा कार्यालयको बराहाक्षेत्र नगरपालिकाका मेयर निलम खनालले उद्घाटन गरेका थिए ।

त्यसैगरि, झापा जिल्लाको चन्द्रगढी शाखा कार्यालयको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ र  झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संयुक्तरुपमा उदघाटन गरेका थिए । भने काँकरभिट्टा शाखा कार्यालयको मेचीनगर नगरपालीकाका मेयर बिमल आचार्यले उदघाटन गरेका हुन ।

यसैगरि बैंकले देशका विभिन्न स्थानमा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले तनँहु, चितवन, नवलपुर, नवलपरासी, रौतहट, सुर्खेत, बर्दिया लगायतका जिल्लामा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध हुनेछ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ११० वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २२२ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १२९ वटा एटीएमहरु संचालनमा रहेको छ ।

9900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका