जोडिनुहोस
मङ्लबार, जेष्ठ १६, २०८०
मङ्लबार, जेष्ठ १६, २०८०
  • होमपेज
  • राष्ट्रिय बीमा संस्थानद्वारा विशेष साधारण सभा आह्वान

राष्ट्रिय बीमा संस्थानद्वारा विशेष साधारण सभा आह्वान

राष्ट्रिय बीमा संस्थानले विशेष साधारण सभा आह्वान गरेको छ। कम्पनी संचालक समिति बैठकले जेठ २२ गते सोमबारका लागि सभा आह्वान गरेको हो। सो सभामा कम्पनीले नेपाल बीमा प्राधिकरणको २०७८ चैत ११ गतेको निर्देशन अनुसार संस्थापक सेयरधनीहरुलाई हकप्रद सेयरमार्फत पुँजी थप गर्ने विशेष प्रस्तावसहित साधारण सभा आह्वान गरेको हो।

उक्त सभामा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडले आफ्नो लगानीको हिस्सा वापत हक्रद सेयर थप गर्न आग्रह गरिने छ।

नेपाल बीमा प्राधिकरणले करिब १ वर्षअघि नै बीमा कम्पनीहरुलाई चुक्ता पुँजी बढाउन निर्देशन दिएको थियो। उक्त निर्देशन अनुसार जीवन बीमा कम्पनीले आफ्नो पुँजीको आकार ५ अर्बको बनाउनु पर्ने छ। यस्तै निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड पुर्‍याउनु पर्ने छ।

राष्ट्रिय बीमा संस्थानको चुक्ता पुँजी हाल १८ करोड १० लाख २० हजार छ। प्राधिकरणले तोके अनुसारको पुँजी पुर्‍याउन कम्पनीलाई ४ अर्व ८१ करोड ८९ लाख ८० हजार रकम थप गर्नुपर्ने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका