जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • नेप्सको साधारणसभा सम्पन्न, प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव पारित

नेप्सको साधारणसभा सम्पन्न, प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव पारित

नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड(नेप्स) को १० औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

सभाले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न पेश गरको प्रस्ताव स्वीकृत गर्नुका साथै सो सम्बन्धि आवश्यक अन्य प्रक्रियाहरु अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले वार्षिक प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पनि पारित गरेको छ । साथै सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

यसैगरी,सभाले चुक्तापूँजीको २० प्रतिशत बोनश सेयर र कर प्रयोजनको निम्ति १.०५३ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।

3900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?