जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपालमा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन गर्न कुमारी बैंक र जीआईजेड नेपालबीच सम्झौता

नेपालमा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन गर्न कुमारी बैंक र जीआईजेड नेपालबीच सम्झौता

नेपालमा विद्युतीय गतिशीलता सुदृढ बनाउन कुमारी बैंक लिमिटेड र जीआईजेड नेपालबीच ‘नेपालका लागि दिगो विद्युतीय यातायात’ (सेटफोरएनपीएल) परियोजना अन्तर्गत समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात विशेषगरी विद्युतीय माइक्रो तथा मिनिबसहरूको स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

सेटफोरएनपीएल परियोजना जीआईजेड नेपाल र गोल्डेन ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) द्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहित सरकारी तथा सम्बन्धित साझेदार संस्थासँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो ।

यो परियोजना ‘मिटिगेसन एक्सन फेसिलिटी’ (एमएएफ) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ र यसले करिब ३ हजार ५ सय विद्युतीय मिनिबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । यसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पु¥याउने अपेक्षा छ ।

आर्थिक सिमाबद्धता ध्यानमा राखी यस पहलले परम्परागत इन्धनमा आधारित सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ । सेटफोरएनपीएल परियोजनामा सार्वजनिक यातायात अझै सजिलो, सुरक्षित र स्मार्ट बनाउन मोबाइल एप्लिकेसन, जीपीएस डिभाइस, एलईडी राउट डिस्प्ले तथा ओपन लुप ई–टिकेटिङ सिस्टमजस्ता डिजिटल सुविधा पनि प्रयोगमा ल्याइएको छ ।

यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेलाई विद्युतीय माइक्रो र मिनिबस प्रयोग गर्न सहज बनाउने छ । यसका लागि कुमारी बैंकले विशेष वित्तीय योजना (लोन प्याकेज) र प्रारम्भिक डाउन पेमेन्ट अनुदान (सबसिडी) व्यवस्था गर्ने छ जसले सवारी खरिद लागत कम हुनेछ र यसलाई आर्थिक रूपमा पनि सहज बनाउने जनाइएको छ ।

1305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?